शुभकामना ।

फागु पूर्णिमा तथा रङ्गहरूको पर्व “होली” २०७७ को अवसरमा देश तथा विदेशमा रहुनुभएका आमा बुबा, दाजुभाई तथा दिदीबहिनी र सम्पूर्ण मित्रहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। सर्मिला पराजुली ढकाल राजदूत तथा नेपाली राजदूतावास, मस्कट परिवार १५ चैत्र २०७७ आइतबार

सूचना !

ओमान सरकार, श्रम मन्त्रालयको पछिल्लो निर्णय अनुसार भिसाको म्याद/आवासीय परिचयपत्रको अवधि समाप्त भई अवैध रूपमा ओमानमा बस्दै/काम गर्दै आएका सम्पूर्ण विदेशी नागरिकहरूले निःशुल्क रूपमा कानूनी प्रकृया पुरा गरी स्वदेश फर्कनको लागि यहाँको श्रम मन्त्रालयको दर्ता प्रणालीमा सहभागी हुन पाउने अवधि आगामी जून ३० तारीख सम्मका लागि थप गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। यसरी गैर कानूनी रूपमा बस्दै

सूचना !

कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी ओमानको उच्च स्तरीय समितिको मार्च ३१ को निर्णयले ओमानका सरकारी कार्यालयका कर्मचारीहरूको कार्यालयमा उपस्थिति संख्या यही अप्रिल ४ तारिखदेखि लागु हुने गरी ५० प्रतिशत कायम गरेको ; सम्पूर्ण सरकारी, निजी तथा अन्तर्राष्ट्रिय विद्यालयहरूमा कक्षा १२ बाहेकका सम्पूर्ण कक्षाहरूको प्रत्यक्ष सञ्‍चालनमा रोक लगाई अनलाईन कक्षा सञ्चालनको व्यवस्थाका लागि निर्देशन गरेको तथा अप्रिल १ तारिखदेखि

कार्यालय समय परिवर्तन गरिएको सम्बन्धी सूचना !

नेपाली राजदूतावास मस्कट ईस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा यस धर्ममा आस्था राख्ने सम्पूर्णमा शुभकामना व्यक्त गर्दै सो अवधिभर दूतावासको कार्यालय समय आइतबार देखि बिहीबार बिहान ९:०० बजेदेखि दिउँसो 2:00 बजेसम्म हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। नेपाली राजदूतावास, मस्कट २०७७ चैत्र ३०, सोमबार Notice Regarding the Change in Office Timing during the Holy Month of Ramadan! The Embassy of

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना !

नेपाली राजदूतवास मस्कट अन्तर्राष्ट्रिय श्रमिक दिवस ई.सं.2021 को अवसरमा विश्वभर रहेका सम्पूर्ण श्रमजीवी वर्गहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ। नेपाली राजदूतावास, मस्कट 207८ वैशाख १८, शनिबार । Wishing on International Labour Day! The Embassy of Nepal in Muscat expresses best wishes to all the workers around the world on the happy occasion of International Labour Day 2021 A.D. Embassy of Nepal

घुम्ती सेवाबारे ।

नेपाली राजदूतावास ओमानले आगामी असार 11 गते तद्अनुसार 25 जुन 2021 शुक्रबारका दिन दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा सञ्चालन गरी त्यहाँ रहेका नागरिकहरूलाई भिसा, राहदानी नवीकरण, अधिकृत वारेसनामा लगायत श्रमसँग सम्बन्धित विविध अत्यावश्यक कन्सुलर सेवाहरू प्रदान गर्ने कार्यक्रम रहेको हुँदा उक्त सेवा आवश्यक भएका महानुभावहरूलाई निम्न स्थानमा उपस्थित भई आवश्यक पर्ने सेवाहरू लिनुहुन अनुरोध गरिन्छ। यी सेवाहरू लिनको लागि चाहिने

घुम्ती सेवा स्थगन गरिएको बारे ।

नेपाली राजदूतावास ओमानको मिति २०७८ जेठ २७ गतेको सूचना अनुसार दोफार प्रशासनिक क्षेत्रमा यही असार ११ गते तद्अनुसार 25 जुन 2021 शुक्रबारका दिन घुम्ती सेवा सञ्चालन गरी त्यहाँ रहेका नागरिकहरूलाई भिसा, राहदानी नवीकरण, अधिकृत वारेसनामा लगायत श्रमसँग सम्बन्धित विविध अत्यावश्यक कन्सुलर सेवाहरू प्रदान गर्ने कार्यक्रम रहेकोमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर अत्यधिकरूपमा बढी रहेकोले अर्को सूचना नभएसम्मको लागि उक्त

नेपाल फर्कने सम्बन्धी सूचना ।

नेपाल सरकारबाट हालै जारी भएको “विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, 2078” यही सूचना साथै उपलब्ध छ।नेपाल आवागमनका लागि काठमाडौं-मस्कट सातामा एउटा सिधा उडानको व्यवस्था गरी सकिएको छ। उक्त आदेश बमोजिम नेपाल जानुपूर्व पर्यटन विभागले तोकेको होटलहरूमा (लिस्टः यस लिंकमा https://mofa.gov.np/…/Updated-hotel-quarantine-list-by… june-1.pdf) अनिवार्य ७ दिनसम्म होटल क्वारेन्टिन बस्नको लागि अग्रिम बुकिङ्ग गर्नु पर्दछ। क्वारेन्टिन अवधि पुरा गरेपछि व्यक्तिगत खर्चमा

सार्वजनिक सूचना ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-19) को संक्रमण दिनानुदिन बढ्दै गईरहेकोमा नयाँ भेरियन्टहरूले यसको संक्रमण झन् तीव्र गतिमा फैलाईरहेको व्यहोरा यहाँहरूलाई जानकारी नै छ। ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार अर्को निर्णय नहुन्जेलसम्मका लागि रात्रीकालीन लकडाउन लागु गरिएको बारेमा यहाँहरू सुचित नै हुनुहुन्छ।ओमानको स्वास्थ्य मन्त्रालयले निकाल्ने दैनिक विवरणहरूलाई नियाल्दा ओमानमा कोभिड-19 को संक्रमणदर व्यापकरूपमा बढ्दै गएको पाइएको छ।हालसम्म

सार्वजनिक सूचना

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-19) को संक्रमण दिनानुदिन बढ्दै गईरहेकोमा नयाँ भेरियन्टहरूले यसको संक्रमण झन् तीव्र गतिमा फैलाईरहेको व्यहोरा यहाँहरूलाई जानकारी नै छ। ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार आगामी 16 जुलाई 2021 , शुक्रबार देखि 31 जुलाई 2021, शनिबार सम्म कायम रहने गरी सन्ध्याकालीन/रात्रीकालीन लकडाउन (साँझ 5 बजेदेखि बिहान 4 बजेसम्म) गर्ने गरी पूर्व सूचना जारी