घुम्ती सेवाबारे ।

नेपाली राजदूतावास ओमानले आगामी असार 11 गते तद्अनुसार 25 जुन 2021 शुक्रबारका दिन दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा सञ्चालन गरी त्यहाँ रहेका नागरिकहरूलाई भिसा, राहदानी नवीकरण, अधिकृत वारेसनामा लगायत श्रमसँग सम्बन्धित विविध अत्यावश्यक कन्सुलर सेवाहरू प्रदान गर्ने कार्यक्रम रहेको हुँदा उक्त सेवा आवश्यक भएका महानुभावहरूलाई निम्न स्थानमा उपस्थित भई आवश्यक पर्ने सेवाहरू लिनुहुन अनुरोध गरिन्छ। यी सेवाहरू लिनको लागि चाहिने आवश्यक कागजातहरू र दस्तुर सम्बन्धी विवरण यस राजदूतावासको वेभसाइट https://om.nepalembassy.gov.np/ मा उपलब्ध रहेको व्यहोरा समेत सबैमा अनुरोध छ।
उक्त स्थानमा सेवा लिन आउँदा स्वास्थ्य सम्बन्धी सावधानीहरू जस्तै मास्क तथा स्यानिटाइजरको प्रयोग भौतिक दुरी अनिवार्यरूपमा पालना गर्नु पर्नेछ। पछिल्लो १० दिनसम्म ज्वरो, खोकी, शरीर दुख्ने जस्ता कोभिड-19 को लक्षण भएका व्यक्तिहरू उक्त सेवा लिन नआइदिनुहुन समेत सादर अनुरोध गर्दछौं।
स्थानः सलाला रोयल होटल सुइटस्, सलाला
मितिः २०७८ असार ११ गते शुक्रबार।
समयः बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म।
घुम्ती सेवाको लागि सम्पर्कः श्री अनिल राना (९२०७५०७१) वा दूतावासको हटलाइन ७१५९२४९०
नेपाली राजदूतावास, मस्कट, ओमान
2078 असार 02 गते, बुधबार।