सार्वजनिक सूचना

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-19) को संक्रमण दिनानुदिन बढ्दै गईरहेकोमा नयाँ भेरियन्टहरूले यसको संक्रमण झन् तीव्र गतिमा फैलाईरहेको व्यहोरा यहाँहरूलाई जानकारी नै छ।
ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार आगामी 16 जुलाई 2021 , शुक्रबार देखि 31 जुलाई 2021, शनिबार सम्म कायम रहने गरी सन्ध्याकालीन/रात्रीकालीन लकडाउन (साँझ 5 बजेदेखि बिहान 4 बजेसम्म) गर्ने गरी पूर्व सूचना जारी भएको सम्बन्धमा यहाँहरू सुचित नै हुनुहुन्छ।ओमानको स्वास्थ्य मन्त्रालयले निकाल्ने दैनिक विवरणहरूलाई नियाल्दा ओमानमा कोभिड-19 को संक्रमणदर व्यापकरूपमा बढ्दै गएको पाइएको छ। अतः नेपाली दूतावास, मस्कट यहाँ रहनुहुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई ओमानको सर्वोच्च समितिको निर्णयहरूको पूर्ण पालना गर्नुहुन अपिल गर्दछ। साथै कोभिड-१९ को जोखिमबाट बच्न पर्याप्त मात्रामा सामाजिक दुरी कायम गर्न एवम् रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न समेत अनुरोध गर्दछ।
साथै ओमानमा खोप लगाउने कार्यक्रम जारी रहेकाले यहाँ हुनुहुने नेपालीहरूले आ-आफ्नो कम्पनी/स्पोन्सरमार्फत खोप लगाउनु हुन समेत सबैमा अनुरोध गर्दछौं।
नेपाल लगायत विदेशबाट ओमान आउँदा यात्रुहरूले अनिवार्यरूपमा संस्थागत रूपमा उक्त कमिटिले तोकेका होटलहरूमा 7 दिन क्वारेन्टिन बस्नुपर्ने नियम पनि यथावत राखिएको छ।साथै तारासुद (Tarassud +) एपमार्फत आफ्नो विवरण भरी अवतरण भएपश्चात् एअरपोर्ट मै पिसिआर परीक्षण गर्नु पर्ने व्यवस्था अनिवार्य गरिएको छ।
ओमानमा रहनुभएका नेपालीहरूलाई यस सम्बन्धमा थप केही बुझ्न परेमा कार्यालय समयमा दूतावासको सम्पर्क नं 24696177/24696883 र अन्य समयमा दूतावासको हटलाईन 71592490 मा सम्पर्क गर्न अनुरोध गर्दछौं।
नेपाली राजदूतावास
मस्कट, ओमन
2078 असार 24, बिहीबार।