नेपाल फर्कने सम्बन्धी सूचना ।

नेपाल सरकारबाट हालै जारी भएको “विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, 2078” यही सूचना साथै उपलब्ध छ।नेपाल आवागमनका लागि काठमाडौं-मस्कट सातामा एउटा सिधा उडानको व्यवस्था गरी सकिएको छ।
उक्त आदेश बमोजिम नेपाल जानुपूर्व पर्यटन विभागले तोकेको होटलहरूमा (लिस्टः यस लिंकमा https://mofa.gov.np/…/Updated-hotel-quarantine-list-by… june-1.pdf) अनिवार्य ७ दिनसम्म होटल क्वारेन्टिन बस्नको लागि अग्रिम बुकिङ्ग गर्नु पर्दछ। क्वारेन्टिन अवधि पुरा गरेपछि व्यक्तिगत खर्चमा पिसिआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आउनेहरू थप ४ दिन होम क्वारेन्टिन बस्ने गरी गन्तव्यस्थल प्रस्थान गर्न पाउनेछन्।
नेपाल जाने यात्रुहरूले (५ बर्षमुनिका नाबालक बाहेक) नेपाल जानुपूर्व पछिल्लो ७२ घण्टाभित्र कोरोना परीक्षण गराई QR Code सहितको कोभिड-19 को नेगेटिभ रिपोर्ट साथमा लिनु पर्नेछ ।साथै सीसीएमसीको वेबसाइटमा रहेको Abroad Returnee Management System (https://ccmc.gov.np/arms/person_add.php) मा फाराम भरी प्राप्त Barcode प्रिन्ट गरेर वा मोबाइलमा स्क्रिनसट लिएर साथमा राख्नु पर्नेछ।
कोभिड-19 विरूद्धको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र (Vaccination Certificate) प्राप्त गरेका तथा कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका हवाई मार्गबाट जाने यात्रुहरू १० दिन Self-Quarantine बस्ने गरी सिधै गन्तव्यस्थल जान पाउनेछन्।
आफ्नो धर्म, रीति, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार (काजकिरिया) मा सहभागी हुन नेपाल जाने व्यक्तिको हकमा स्थानीय तह वा सीसीएमसीको सिफारिसको आधारमा निजहरूको Antigen परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा आवश्यक प्रक्रिया पुरा गरेर होम क्वारेन्टिन बस्ने गरी घर वा गन्तव्यमा प्रस्थान गर्न दिइनेछ। त्यसैगरी अशक्त, दीर्घ रोगी र फरक क्षमताका व्यक्तिहरू, बिरामीसँगै आएका कुरूवा (बढीमा दुईजना) को हकमा निजहरूको Antigen परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा आधिकारिक कागजातका आधारमा होम क्वारेन्टिन वा अस्पतालमा पठाइनेछ।
डिपोर्टेशन सेन्टरमार्फत फिर्ता भएका, जेलमुक्त भई स्वदेश फिर्ताको क्रममा रहेका र विदेशमा अलपत्र परेका नेपालीहरूलाई नेपाल सरकारले तोकेको क्वारेन्टिनमा राखिने भएकाले ‌ओमानमा त्यस्तो समस्यामा परेका तथा स्वदेश फर्कन ईच्छुक नेपाली नागरिकहरूले आवश्यक सहजीकरणका लागि यस दूतावासमा सम्पर्क गर्नु हुन सम्बन्धित सबैमा अनुरोध छ।
यस सम्बन्धमा थप बुझ्नु परेमा कार्यालय समयमा दूतावासको सम्पर्क नं. 24696177/24696883 र अन्य समयमा दूतावासको हटलाइन 71592490 वा श्रम सहचारीको सम्पर्क नं. 71592506 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
नेपाली राजदूतावास, मस्कट, ओमान
2078 असार 16 गते, बुधबार।