घुम्ती सेवा स्थगन गरिएको बारे ।

नेपाली राजदूतावास ओमानको मिति २०७८ जेठ २७ गतेको सूचना अनुसार दोफार प्रशासनिक क्षेत्रमा यही असार ११ गते तद्अनुसार 25 जुन 2021 शुक्रबारका दिन घुम्ती सेवा सञ्चालन गरी त्यहाँ रहेका नागरिकहरूलाई भिसा, राहदानी नवीकरण, अधिकृत वारेसनामा लगायत श्रमसँग सम्बन्धित विविध अत्यावश्यक कन्सुलर सेवाहरू प्रदान गर्ने कार्यक्रम रहेकोमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर अत्यधिकरूपमा बढी रहेकोले अर्को सूचना नभएसम्मको लागि उक्त कार्यक्रम स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।
यस सम्बन्धी थप केही बुझ्न परेमा GSM:-९२०७५०७१ मा सम्पर्क गर्नु हुन अनुरोध छ।
नेपाली राजदूतावास, मस्कट, ओमान
२०७८ असार ०९ गते, बुधबार।