Passport(राहदानी)
ओमानमा बैदेशिक रोजगारको सिलसिलामा वा अध्ययन लगायत अन्य विभिन्न पेशासँग आवद्ध भई बसोबास गरिरहनु भएका नेपाली नागरिकहरुको राहदानीको म्याद छ महिनाभन्दा कम भएमा, म्याद सकिएमा, हराएमा वा च्यातिएमा आवश्यक कागजातहरु तथा तोकिएको शुल्क राजदूतावासमा बुझाएपछि दूतावासबाट नयाँ राहदानी जारी हुनेछ । मिति२०६७पौष११ ( Dec 26, 2010) देखि नेपालले मेशिन रिडेवल पासपोर्ट जारी गर्न शुरु गरेको हो।MRP (Machine Readable Passport) का लागि दुतावासमा रितपूर्वक भरी प्राप्त भएका राहदानी फारामहरु नेपालको राहदानी विभागमा पठाईने छ । नेपालबाट राहदानी तयार हुन झण्डै ६ देखि ८ हप्ता लाग्ने र तयार भई दूतावासमा आइसकेपछि वितरण गरिने छ।
पेस गर्नु पर्ने आवश्यक कागजातहरु
- नेपालको राहदानी विभागको वेवसाइट http://nepalpassport.gov.np मा गई त्यहाँ उल्लेख गरिए अनुसारको फाराम रितपूर्वकतीनप्रतिभरीदूतावासमाबुझाउने।
- फाराममा हस्ताक्षर गर्ने खण्डमा कालो मसीले आफ्नो हस्ताक्षर गरी निर्दिष्ट स्थानमा ल्याप्चे लगाएको हुनुपर्ने ।
- पुरानो राहदानीको सक्कल तथा प्रतिलिपि ।
- नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि ।
- हालै खिचिएको पासपोर्ट साइजका ५ प्रति रंगिन फोटाहरु / फोटाहरु किनारा नभएको-अनुहारको भागले सम्पूर्ण फोटोको ७० देखि ८० प्रतिशत भाग कभर गरेको र दुवै कान स्पष्ट देखिने हुनुपर्दछ।
- शुल्क: ओमानी रियाल २०.००
हराएको राहदानीको सट्टामा नयाँ राहदानी जारी
आफ्नो राहदानी हराएमा हराएको राहदानीको सम्पूर्ण विवरण उल्लेख गरी नयाँ राहदानी लिन चाहिने सम्पूर्ण कागजातहरु ( माथि उल्लेख गरिए अनुसार) सहित आफैंले राजदूतावासमा पेस गर्नूपर्ने छ । राजदूतावासले आवश्यक छानविन गरी हराएको राहदानीको सट्टामा नयां राहदानीका जारी गर्ने व्यबस्थाका लागि नेपालमा पठाउने छ । छानविनको निमित्त एक निश्चित अवधि तोकिने छ जसमा यस अघिको राहदानी जारी गर्ने निकायसंग हराएको राहदानीका सम्बन्धमा थप जानकारी उपलव्ध गराउन अनुरोध गरिने र सोको जवाफ प्राप्त भएपछि प्रक्रिया अगाढि बढाईने छ ।
हराएको वा पाना च्यातिएको वा केरमेट गरी राहदानीमा क्षति पुगी नयाँका लागि आवेदन गर्दा दोव्वर शुल्क लाग्नेछ ।
नाबालकको राहदानी
नेपालको राहदानी सम्बन्धी नयाँ व्यवस्था अनुसार नावालकले समेत राहदानी वा यात्रा अनुमतिपत्र लिएर मात्र यात्रा गर्नु पर्ने व्यवस्था भएकोले बच्चाको राहदानी वा यात्रा अनुमतिपत्रका लागि निम्न बमोजिमका कागजातहरु पेश गर्नुपर्नेछ ।
- रितपुर्वक भरेको फाराम ३प्रति ।
- अभिभावकको निवेदन ।
- बच्चाको नावालक प्रमाणपत्र ।
- आमा वावुको बिबाह दर्ता प्रमाणपत्र तथा राहदानीको सक्कल तथा प्रतिलिपि
- आमा वावुको नाम समावेश भएको बच्चाको जन्मदर्ताको सक्कल प्रमाणपत्र र प्रतिलिपि
- बच्चाको हालसालै खिचिएको ५ प्रति पासपोर्ट साइजका फोटाहरु ।
- शुल्क: ओमानी रियल १०.००/20.00
नोटः
नाबालक १० वर्षभन्दामूनिको भए ५ वर्षको म्याद भएको तथा १० वर्षभन्दा माथिको भए १० वर्षकै म्याद भएको राहदानी जारी हुनेछ भने ५ वर्षको म्याद भएको राहदानी जारी हुँदा राजश्व आधा मात्र लाग्नेछ अन्यथा सबैको हकमा पुरा राजश्व लाग्नेछ।
कन्सुलर सम्बन्धी कार्यहरूः
- नेपाली नागरिकता परित्याग सम्बन्धी सहजिकरण गर्ने कार्य
- अधिकृत वारेशनामाको आधिकारिकता सम्बन्धमा गर्ने कार्य
- क्षतिपूर्ति सम्बन्धी कार्यहरू
- मृतकको शव नेपाल पठाउन
- कागजात प्रमाणीकारण
- श्रमिकहरूलाई कानुनी सहायता सम्बन्धी सहजीकरण
- विभिन्न सिफारिसहरू