सार्वजानिक सूचना

९ अप्रिलसम्म ‌ओमानमा कोरोना भाइरसका कारण ४57 जना संक्रमित भएको तथा २ जनाको मृत्यु भएको छ भने ७२ जनाले पुनः स्वास्थ्य लाभ प्राप्त गर्नु भएको छ।हालसम्म कुनैपनि नेपालीलाई यसको रोगको संक्रमण भएको जानकारी प्राप्त भएको छैन। ओमान सरकारले सम्पूर्ण विदेशी नागरिकहरूलाई समेत ओमानी नागरिक सरह यो रोगको परीक्षण र उपचार निःशुल्क हुने व्यहोरा जानकारी गराएको छ। कोरोना भाइरस कोभिड-१९ को

कोरोना भाइरस (COVID-19) सम्बन्धी सतर्कता अपनाउनु हुन अनुरोध!!

कोरोना भाइरसको कारणले ओमानमा आजसम्म 2348 (495 जना स्वास्थ्य लाभ गरिसकेका समेत) जना संक्रमित भएका छन् भने 11 जनाले ज्यान गुमाएका छन्। ओमानको कोभिड-19 रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको निर्णयानुसार २८ अप्रिल २०२० मंगलबारबाट ओमानमा केही व्यवसायहरू आंशिकरूपमा खुलेकोबारे यहाँहरू जानकार नै हुनुहुन्छ। उक्त समितिले व्यवसायीहरूलाई पर्याप्त मात्रामा स्वास्थ्य सम्बन्धी पूर्व सतर्कता अपनाउन हुन समेत निर्देशन दिएको छ। तसर्थ उक्त व्यवसायिक

प्रशिक्षण (Tutorial) भिडियो ।

https://www.youtube.com/watch?v=f9-1_QEAkqM ओमानमा रहनु भएका वा ओमानमा काम गर्दै गर्दा हाल विदामा नेपाल जानुभएका नेपालीहरूको तथ्यांक संकलन गर्न नेपाली दूतावास ओमानले अनलाइनमार्फत https://om.nepalembassy.gov.np/information-collection-form/ लिंकमा उपलबन्ध फारम भर्न सहयोग होस भनी नेपाली दूतावास मस्कटले तयार पारेको प्रशिक्षण (Tutorial) भिडियो यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं। कोरोना भाइरसको कारणले ओमानमा रहनुभएका नेपालीहरूलाई कुनै पनि समस्या परेमा नेपाली दूतावासको WhatsApp: 71592490 टेलिफोनः 2469६177/2469६883; हटलाइनहरूः 71592490/ 71530840

जानकारी साथै सूचना !

ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले मिति २०७७ जेठ २ गते ‍नेपाली दूतावास ओमानले गठन गरेको “कोभिड-19 व्यवस्थापन स्वयंमसेवी समूह” का सदस्यहरूसँग अनलाइन भिडियो कन्फ्रेन्समार्फत कोरोना भाइरसका कारण नेपाली समुदायमा परेको प्रभाव तथा त्यस सम्बन्धमा नेपाली दूतावासले गरेका प्रयासहरू र आगामी दिनमा यस समूहका सदस्यहरूले गर्नुपर्ने गतिविधिबारे छलफल गर्नुभयो। छलफलका क्रममा यस समूहका सदस्यहरूले यस अवधिमा वहाँहरूले निभाउनु

कोभिड-१९ को कारणले रोजगारी गुमाई अलपत्र कामदारलाई आवश्यक सहयोग सम्बन्धी सूचना।

उपरोक्त सम्बन्धमा कोभिड-१९ को कारणले रोजगारी गुमाई अलपत्र परेका नेपाली कामदारहरूलाई नेपाली दूतावास ओमानले यस अघिपनि विभिन्न निकायहरूसँगको समन्वयमा उद्धार गरी स्वदेश फिर्ता गर्ने गरेको यहाँहरूलाई विदितै छ।यसै सम्बन्धमा समस्यामा परेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता हुन सहयोग गर्ने अभिप्रायले नेपाल सरकारले “कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदशे फिर्ता गर्ने सम्बन्धी निर्देशिका”

नेपाली राजदूतावास, ओमान सदैव ओमानमा रहनुभएका नेपालीहरूको हकहित र सुरक्षाको निम्ति सम्पूर्ण रुपमा लागिरहेको छ र लागिरहने प्रतिवद्धता जाहेर गर्दछ।

नेपाली राजदूतावास, ओमान सदैव ओमानमा रहनुभएका नेपालीहरूको हकहित र सुरक्षाको निम्ति सम्पूर्ण रुपमा लागिरहेको छ र लागिरहने प्रतिवद्धता जाहेर गर्दछ। हाल ओमानमा रहनुभएका नेपालीहरूलाई कोभिड-१९को महामारीको कारण सिर्जित विषम परिस्थितिले गर्दा नेपाल फर्कन दूतावासमा नाम टिपाउनु भएअनुसार दूतावासबाट समयमै नेपाल फर्काउने पहल भईरहेको यहाँहरुलाई बिदितै छ।हालसम्म ५ वटा उद्धार उडान मार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार

सम्बन्धित सबैको जानकारीका लागि I

1.मिति २०७७।०५।२९ गते महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि मित्रराष्ट्र फिलिपिन्सका महामहिम राजदूत श्री इमेल्दा प्यानोलोङ्गज्यूसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो। उक्त भेटका अवसरमा महामहिमज्यूहरूले दुई देशको आपसी सम्बन्ध तथा पारस्पारिक सहयोगका सम्बन्धमा आ-आफ्ना विचारहरू राख्‍नुभयो। 2. महामहिम राजदूतज्यूले मिति २०७७।०५।२३मा ओमानस्थित नेपाली संघसंस्थाका प्रतिनिधिज्यूहरूसँग कोभिड-१९ को महामारी लगायत समसामयिक विषयमा दूतावासमा अन्तरक्रिया गर्नुभयो।उक्त अवसरमा दूतावासका कूटनीतिक कर्मचारी

नेपाली राजदूतावास मस्कट, ओमानको संयोजनमा कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश,

नेपाली राजदूतावास मस्कट, ओमानको संयोजनमा कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ तथा कार्ययोजना २०७७” मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने योजना अनुरुप सलाम एअरको OV-427 को छैटौँ चार्टर उडानमार्फत् ओमानबाट १७४ जना नेपालीहरू (१३३ पुरूष तथा ४१ महिला)

सातौं उडानबाट नेपाल जानेहरूको सूची निकालिएको सम्बन्धी सूचना !!!

कोभिड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077 तथा कार्ययोजना 2077” मा तोकिएको प्रावधान अनुरुप सलाम एअरको सेप्टेम्बर-25 को सातौं उडान मार्फत नेपाल जाने प्रयोजनका लागि यस दूतावासमा विभिन्‍न माध्यमबाट नाम टिपाउनु भएका मध्ये प्राथमिकताका आधारमा देहायबमोजिमको सूची प्रकाशन गरिएको छ।उक्त उडानको एकतर्फी हवाइभाडा

सूचना ।

नेपालबाट ओमान फर्किन लाग्नु भएका नेपाली कामदारहरुको सम्बन्धमा मिति २०७७/०६/०७ मा यस दूतावासबाट जारी सूचनामा माग भए अनुसार ६ महिना (१८० दिन) भन्दा बढी अवधि ओमान बाहिर रहेको हकमा ROP बाट जारी हुने (कम्पनी मार्फत) No Objection Certificate (NOC) लिन पर्नेमा हाल ओमान सरकारको पछिल्लो जानकारी बमोजिम उक्त “NOC लिन नपर्ने” व्यवस्था सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको