सूचना !

कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी ओमानको उच्च स्तरीय समितिको मार्च ३१ को निर्णयले ओमानका सरकारी कार्यालयका कर्मचारीहरूको कार्यालयमा उपस्थिति संख्या यही अप्रिल ४ तारिखदेखि लागु हुने गरी ५० प्रतिशत कायम गरेको ; सम्पूर्ण सरकारी, निजी तथा अन्तर्राष्ट्रिय विद्यालयहरूमा कक्षा १२ बाहेकका सम्पूर्ण कक्षाहरूको प्रत्यक्ष सञ्चालनमा रोक लगाई अनलाईन कक्षा सञ्चालनको व्यवस्थाका लागि निर्देशन गरेको तथा अप्रिल १ तारिखदेखि लागु हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण औपचारिक तथा अनौपचारिक खेलकुद गतिविधिमा समेत अस्थायी प्रतिबन्ध लगाएकाले कोरोना भाइरस महामारीको फैलावटको रोकथामका लागि ओमान सरकारले जारी गरेका सम्पूर्ण नियम/निर्देशनको पालना गरी महामारीको संक्रमणबाट आफू पनि बच्ने र अरूलाई पनि बचाउने उपायहरू अनिवार्य रूपमा अवलम्बन गर्नु हुन ओमानस्थित सम्पूर्ण नेपाली समुदायलाई नेपाली राजदूतावास, मस्कट हार्दिक अनुरोध गर्दछ।
नेपाली राजदूतावास, मस्कट
2077 चैत्र 19, बिहीबार ।