सूचना !

ओमान सरकार, श्रम मन्त्रालयको पछिल्लो निर्णय अनुसार भिसाको म्याद/आवासीय परिचयपत्रको अवधि समाप्त भई अवैध रूपमा ओमानमा बस्दै/काम गर्दै आएका सम्पूर्ण विदेशी नागरिकहरूले निःशुल्क रूपमा कानूनी प्रकृया पुरा गरी स्वदेश फर्कनको लागि यहाँको श्रम मन्त्रालयको दर्ता प्रणालीमा सहभागी हुन पाउने अवधि आगामी जून ३० तारीख सम्मका लागि थप गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। यसरी गैर कानूनी रूपमा बस्दै आएका विदेशी नागरिकहरूलाई निःशुल्क कानूनी प्रक्रियामा सहभागी गराउने प्रयोजनका लागि पहिलो पटक डिसेम्बर ३१, २०२० सम्ममा दर्ता गर्न सकिने प्रावधानलाई बढाएर मार्च ३१, २०२१ सम्मको म्याद थप गरेकोमा विश्वव्यापी महामारीका कारण सो प्रक्रियामा केही व्यवधान आएकाले दर्ता प्रक्रियामा सहभागी हुन पाउने अवधिलाई बढाएर ३० जून, २०२१ सम्म कायम गरेको व्यहोरा समेत जानकारी गराईन्छ।
साथै अवैध रूपमा काम गर्दै आउनुभएका सम्पूर्ण नेपाली श्रमिक दाजुभाई तथा दिदिबहिनीहरूलाई यस अवसरको अधिकतम उपयोग गरी निःशुल्क रूपमा कानूनी प्रकृया पूरा गरी नेपाल फर्कन समेत नेपाली राजदूतावास, मस्कट अनुरोध गर्दछ।
पूनश्चः यस सम्बन्धमा थप बुझ्नुपरेमा ७१५९२४९० वा ७१५९२५०६ मा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ।
नेपाली राजदूतावास, मस्कट
2077 चैत्र 19, बिहीबार ।