सबैको जानकारीक़ो लागि !

1.मिति 2020 सेप्टेम्बर 30 मा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले कुवेतका राजा शेख सबाह अल अहमद अल सबाह् को 2020 सेप्टेम्बर 29 मा भएको असामयिक निधनबारे दुःख प्रकट गर्दै मस्कटस्थित कुवेतको दूतावासमा राखिएको शोक पुस्तिकामा समवेदना सन्देश व्यक्त गर्नु भयो। 2.मिति 2020 अक्टोबर 9-11 मा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले अनलाइनबाट आयोजना भएको NRN Global Knowledge Convention मा सहभागिता जनाउनु

सूचना ।

ओमानमा भिसा सकिएर वा श्रमसम्बन्धी कुनै पनि समस्या भएर नेपाल फर्कन चाहने नेपालीहरूका लागि ओमानको श्रम मन्त्रालयले जारी गरेको अत्यन्त जरुरी सूचना ।

घुम्ती सेवाको समय परिवर्तन गरिएको सम्बन्धी सूचना ।

नेपाली राजदूतावास ओमानले 2077 कार्तिक 24 गते जारी गरेको सूचनाअनुसार दोफार प्रशासनिक क्षेत्रमा रहेका नागरिकहरूलाई यात्रा अनुमित पत्र, भिसा, राहदानी नवीकरण, गैर आवासीय नेपाली परिचय पत्र, अधिकृत वारेसनामा लगायतका विविध अत्यावश्यक सेवाहरू प्रदान गर्न सञ्चालन गर्ने घुम्ती सेवाको समय देहायबमोजिम परिवर्तन गरिएकोले उक्त सेवा लिन इच्छुक महानुभावहरूले निम्न स्थानमा उपस्थित भई सेवा लिन सकिने व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ। यी

नेपालबाट ओमान यात्रा गर्ने महानुभावहरूलाई अत्यावश्यक जानकारी ।

उपरोक्त सम्बन्धमा ओमानको नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सार्वजनिक परिपत्र बमोजिम ओमान आउने नेपाली नागरिकहरूले देहायबमोजिम स्वास्थ्य सम्बन्धी शर्तहरूको अनिवार्य पालना गर्नु पर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। क) सम्पूर्ण यात्रुमहानुभावहरूले ओमान आइपुग्ने समयमा ७२ घण्टाभित्रको सम्बन्धित निकायबाट प्रमाणित अंग्रेजी भाषामा भएको COVID-19 को -ve PCR report अनिवार्य साथमा राख्नु पर्नेछ। ख) निशुल्क उपचार व्यवस्था भएका बाहेक ओमानमा

स्वास्थ्य शिविरको समय परिवर्तनबारेमा सूचना!!!!

स्वास्थ्य शिविरको समय परिवर्तनबारेमा सूचना!!!! यस दूतावासद्वारा नेपाली महिलाहरुको लागि आयोजना गरिन लागिएको स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर पूर्व प्रकाशित सूचना अनुसार २०७४ पुस १४ गते शुक्रबार (तदअनुसार २९ डिसेम्बर २०१७) मा कुरम गार्डेन (अल-मर्हा ल्याण्ड), मस्कटमा दिउँसो १:३० बजेदेखि संचालन हुने भनिएकोमा केही प्राविधिक कारणहरुले गर्दा सोही दिन विहान १० बजेदेखि नै संचालन गरिने व्यहोरा सबैमा सूचित गरिन्छ।

शुभकामना ।

फागु पूर्णिमा तथा रङ्गहरूको पर्व “होली” २०७७ को अवसरमा देश तथा विदेशमा रहुनुभएका आमा बुबा, दाजुभाई तथा दिदीबहिनी र सम्पूर्ण मित्रहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। सर्मिला पराजुली ढकाल राजदूत तथा नेपाली राजदूतावास, मस्कट परिवार १५ चैत्र २०७७ आइतबार

सूचना !

ओमान सरकार, श्रम मन्त्रालयको पछिल्लो निर्णय अनुसार भिसाको म्याद/आवासीय परिचयपत्रको अवधि समाप्त भई अवैध रूपमा ओमानमा बस्दै/काम गर्दै आएका सम्पूर्ण विदेशी नागरिकहरूले निःशुल्क रूपमा कानूनी प्रकृया पुरा गरी स्वदेश फर्कनको लागि यहाँको श्रम मन्त्रालयको दर्ता प्रणालीमा सहभागी हुन पाउने अवधि आगामी जून ३० तारीख सम्मका लागि थप गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। यसरी गैर कानूनी रूपमा बस्दै

सूचना !

कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी ओमानको उच्च स्तरीय समितिको मार्च ३१ को निर्णयले ओमानका सरकारी कार्यालयका कर्मचारीहरूको कार्यालयमा उपस्थिति संख्या यही अप्रिल ४ तारिखदेखि लागु हुने गरी ५० प्रतिशत कायम गरेको ; सम्पूर्ण सरकारी, निजी तथा अन्तर्राष्ट्रिय विद्यालयहरूमा कक्षा १२ बाहेकका सम्पूर्ण कक्षाहरूको प्रत्यक्ष सञ्‍चालनमा रोक लगाई अनलाईन कक्षा सञ्चालनको व्यवस्थाका लागि निर्देशन गरेको तथा अप्रिल १ तारिखदेखि

कार्यालय समय परिवर्तन गरिएको सम्बन्धी सूचना !

नेपाली राजदूतावास मस्कट ईस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा यस धर्ममा आस्था राख्ने सम्पूर्णमा शुभकामना व्यक्त गर्दै सो अवधिभर दूतावासको कार्यालय समय आइतबार देखि बिहीबार बिहान ९:०० बजेदेखि दिउँसो 2:00 बजेसम्म हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। नेपाली राजदूतावास, मस्कट २०७७ चैत्र ३०, सोमबार Notice Regarding the Change in Office Timing during the Holy Month of Ramadan! The Embassy of

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना !

नेपाली राजदूतवास मस्कट अन्तर्राष्ट्रिय श्रमिक दिवस ई.सं.2021 को अवसरमा विश्वभर रहेका सम्पूर्ण श्रमजीवी वर्गहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ। नेपाली राजदूतावास, मस्कट 207८ वैशाख १८, शनिबार । Wishing on International Labour Day! The Embassy of Nepal in Muscat expresses best wishes to all the workers around the world on the happy occasion of International Labour Day 2021 A.D. Embassy of Nepal