Power of Attorney

अधिकृत वारिसनामा प्रमाणीकरण  (Power of Attorney)

नेपाली नागरिकको हकमा अधिकृत वारिसनामा दिने (नेपाली नागरिक) ले महामहिम राजदूतको रोहवरमा अधिकृत वारेसनामामा सहीछाप गर्नुपर्ने हुनाले समय लिएर मात्र राजदूतावासमा आउनु हुन अनुराेध छ ।

आवश्यककागजातः

  • नेपाली कागजमा रितपूर्वक (नेपालमा कानून व्यवसायीको सहयोगमा) तयार पारिएको अधिकृत वारिसनामा २ प्रति, लिने र दिने दुवैको फोटो टाँस गरिएको हुनुपर्नेछ।
  • अधिकृत वारिसनामा दिनेको सक्कल नागरिकता र सक्कल राहदानी
  • अधिकृत वारिसनामा लिनेको सक्कल नागरिकता वा नोटरी पब्लिकबाट प्रमाणित नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
  • जग्गाको हकमा चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको सक्कल वा नोटरी पब्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्नेछ।
  • जग्गाधनी प्रमाणपत्रको सक्कल प्रति।
  • अधिकृत वारिसनामा दिने र लिने दुबैको हालसालै खिचिएको २/२ प्रति फोटो।
  • किनारा साक्षीमा दुई जनाको नाम थर, ठेगाना र सही।
  • अधिकृत वारिसनामा दिने र लिने दुवैको हस्ताक्षर तथा दाहिने हातको बुढी औलाको रेखात्मक छाप (ल्याप्चे सहिछाप) भएको दूतावासलाई सम्बोधित रीतपूर्वक (नेपाली कानून व्यवसायीको सहयोगमा तयार गरिएको) निवेदन ।
  • ओमानको लेबर कार्ड र सो को प्रतिलिपि।
  • अधिकृत वारिसनामा प्रमाणित वापतको राजश्व – ओमानी रियाल ३९)