राजदूतावासका हटलाइन नम्बरहरु

राजदूतावासका हटलाइन नम्बरहरु नियमित कामको लागि कार्यालय समयमा (आइतवारदेखि बिहीबारसम्म विहान ८ बजे देखि दिउसो ३ बजेसम्म) गर्नु होला । श्रमिक उद्दार, मानवतस्कारी लगायत अत्यावश्यक/इमरजेन्सी कामका लागि जुनसुकै बेला फोन गर्न सक्नुहुनेछ : १) श्रमिकको उद्दार, मानवतस्करी लगायत अन्य आपतकालीन अवस्थामा मोवाइल नम्बर 71592490 वा श्रम सहचारी मोवाइल नम्बर 71592506 फोन गर्नुहुन । नियमित र सामान्य कामका लागि कार्यालय समयमा

के मानब तस्करबाट पीडीत हुनु भएकाे छ ?

के तपाईं मानव तस्करहरुबाट पीडित हुनु भएको छ ? रोयल ओमान प्रहरीको सूचना रोयल ओमान प्रहरीको निम्न हटलाइनमा फोन गर्नुहोस, बाेलेर मेसेज रेकर्ड गराउने ब्यवस्था पनि छ । (श्राेत https://nccht.om/help/help-nepalese/?fbclid=IwAR0LXrcALp6nblmWYnc5Pxmph2GZUkHSHO3mLQhJbj8V7kevxccW6mXzRVE) हट लाइन 80077444 यदि तपाईंलाई झुठो आश्वासन देखाएर ओमान ल्याइएको, र तपाईँको काम गर्ने वातावरण तपाईंलाई भनिएको भन्दा निकै फरक छ भने तपाईं मानव तस्करीको सिकार हुनुभएको छ। के तपाई

जानकारी साथै सूचना !

ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले मिति २०७७ जेठ २ गते ‍नेपाली दूतावास ओमानले गठन गरेको “कोभिड-19 व्यवस्थापन स्वयंमसेवी समूह” का सदस्यहरूसँग अनलाइन भिडियो कन्फ्रेन्समार्फत कोरोना भाइरसका कारण नेपाली समुदायमा परेको प्रभाव तथा त्यस सम्बन्धमा नेपाली दूतावासले गरेका प्रयासहरू र आगामी दिनमा यस समूहका सदस्यहरूले गर्नुपर्ने गतिविधिबारे छलफल गर्नुभयो। छलफलका क्रममा यस समूहका सदस्यहरूले यस अवधिमा वहाँहरूले निभाउनु

सम्बन्धित सबैको जानकारीका लागि I

1.मिति २०७७।०५।२९ गते महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि मित्रराष्ट्र फिलिपिन्सका महामहिम राजदूत श्री इमेल्दा प्यानोलोङ्गज्यूसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो। उक्त भेटका अवसरमा महामहिमज्यूहरूले दुई देशको आपसी सम्बन्ध तथा पारस्पारिक सहयोगका सम्बन्धमा आ-आफ्ना विचारहरू राख्‍नुभयो। 2. महामहिम राजदूतज्यूले मिति २०७७।०५।२३मा ओमानस्थित नेपाली संघसंस्थाका प्रतिनिधिज्यूहरूसँग कोभिड-१९ को महामारी लगायत समसामयिक विषयमा दूतावासमा अन्तरक्रिया गर्नुभयो।उक्त अवसरमा दूतावासका कूटनीतिक कर्मचारी

सूचना ।

नेपालबाट ओमान फर्किन लाग्नु भएका नेपाली कामदारहरुको सम्बन्धमा मिति २०७७/०६/०७ मा यस दूतावासबाट जारी सूचनामा माग भए अनुसार ६ महिना (१८० दिन) भन्दा बढी अवधि ओमान बाहिर रहेको हकमा ROP बाट जारी हुने (कम्पनी मार्फत) No Objection Certificate (NOC) लिन पर्नेमा हाल ओमान सरकारको पछिल्लो जानकारी बमोजिम उक्त “NOC लिन नपर्ने” व्यवस्था सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको

सबैको जानकारीक़ो लागि !

1.मिति 2020 सेप्टेम्बर 30 मा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले कुवेतका राजा शेख सबाह अल अहमद अल सबाह् को 2020 सेप्टेम्बर 29 मा भएको असामयिक निधनबारे दुःख प्रकट गर्दै मस्कटस्थित कुवेतको दूतावासमा राखिएको शोक पुस्तिकामा समवेदना सन्देश व्यक्त गर्नु भयो। 2.मिति 2020 अक्टोबर 9-11 मा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले अनलाइनबाट आयोजना भएको NRN Global Knowledge Convention मा सहभागिता जनाउनु

सूचना ।

ओमानमा भिसा सकिएर वा श्रमसम्बन्धी कुनै पनि समस्या भएर नेपाल फर्कन चाहने नेपालीहरूका लागि ओमानको श्रम मन्त्रालयले जारी गरेको अत्यन्त जरुरी सूचना ।

घुम्ती सेवाको समय परिवर्तन गरिएको सम्बन्धी सूचना ।

नेपाली राजदूतावास ओमानले 2077 कार्तिक 24 गते जारी गरेको सूचनाअनुसार दोफार प्रशासनिक क्षेत्रमा रहेका नागरिकहरूलाई यात्रा अनुमित पत्र, भिसा, राहदानी नवीकरण, गैर आवासीय नेपाली परिचय पत्र, अधिकृत वारेसनामा लगायतका विविध अत्यावश्यक सेवाहरू प्रदान गर्न सञ्चालन गर्ने घुम्ती सेवाको समय देहायबमोजिम परिवर्तन गरिएकोले उक्त सेवा लिन इच्छुक महानुभावहरूले निम्न स्थानमा उपस्थित भई सेवा लिन सकिने व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ। यी

नेपालबाट ओमान यात्रा गर्ने महानुभावहरूलाई अत्यावश्यक जानकारी ।

उपरोक्त सम्बन्धमा ओमानको नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सार्वजनिक परिपत्र बमोजिम ओमान आउने नेपाली नागरिकहरूले देहायबमोजिम स्वास्थ्य सम्बन्धी शर्तहरूको अनिवार्य पालना गर्नु पर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। क) सम्पूर्ण यात्रुमहानुभावहरूले ओमान आइपुग्ने समयमा ७२ घण्टाभित्रको सम्बन्धित निकायबाट प्रमाणित अंग्रेजी भाषामा भएको COVID-19 को -ve PCR report अनिवार्य साथमा राख्नु पर्नेछ। ख) निशुल्क उपचार व्यवस्था भएका बाहेक ओमानमा

स्वास्थ्य शिविरको समय परिवर्तनबारेमा सूचना!!!!

स्वास्थ्य शिविरको समय परिवर्तनबारेमा सूचना!!!! यस दूतावासद्वारा नेपाली महिलाहरुको लागि आयोजना गरिन लागिएको स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर पूर्व प्रकाशित सूचना अनुसार २०७४ पुस १४ गते शुक्रबार (तदअनुसार २९ डिसेम्बर २०१७) मा कुरम गार्डेन (अल-मर्हा ल्याण्ड), मस्कटमा दिउँसो १:३० बजेदेखि संचालन हुने भनिएकोमा केही प्राविधिक कारणहरुले गर्दा सोही दिन विहान १० बजेदेखि नै संचालन गरिने व्यहोरा सबैमा सूचित गरिन्छ।