सबैको जानकारीक़ो लागि !

1.मिति 2020 सेप्टेम्बर 30 मा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले कुवेतका राजा शेख सबाह अल अहमद अल सबाह् को 2020 सेप्टेम्बर 29 मा भएको असामयिक निधनबारे दुःख प्रकट गर्दै मस्कटस्थित कुवेतको दूतावासमा राखिएको शोक पुस्तिकामा समवेदना सन्देश व्यक्त गर्नु भयो।
2.मिति 2020 अक्टोबर 9-11 मा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले अनलाइनबाट आयोजना भएको NRN Global Knowledge Convention मा सहभागिता जनाउनु भयो।
सम्माननीय प्रधानमन्त्रीज्यूले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा माननीय परराष्ट्र मन्त्रीज्यू लगायत अन्य विशिष्ट पदाधिकारीहरूले सहभागिता जनाउनु भएको थियो।कार्यक्रमको दोस्रो दिन माननीय उपेन्द्र यादवले अध्यक्षता गर्नु भएको एक छलफल शत्रमा सहभागी हुँदै महामहिमले कोभिड-19 ले समग्र खाडी क्षेत्रमा रहेका नेपाली कामदारहरूलाई परेको प्रभाव र नेपाली दूतावास तथा नेपाल सरकारले गरेका प्रयत्नहरूबारे आफ्नो प्रस्तुति दिनु भएको थियो।
3.मिति 2020 अक्टोबर 13 मा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूलाई ओमानका लागि कतारका राजदूत H.E. Shaikh Jassim bin Abdulrahman Al-Thani नेपाली दूतावासमा भेटघाट गर्नुभयो। उक्त अवसरमा महामहिमहरूबीच आपसी हित, कोरोना महामारीको प्रभाव लगायत ओमानमा विकास भएका घटनाक्रमहरूको बारेमा छलफल भएको थियो।
4.मिति 2020 अक्टोवर 16 र 17 मा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले अनलाईन मार्फत आयोजना भएको गैरआवासीय नेपाली संघको मध्यपूर्वको क्षेत्रीय भेलामा सहभागिता जनाउनु भयो।
उक्त कार्यक्रममा महामहिमज्यूले महिला कामदार र समग्र कामदारहरूलाई कोभिड-19 ले पारेको प्रभाव र अबका दिनमा चाल्नु पर्न कदमहरूका बारेमा विचार विमर्श गर्नु भएको थियो।