घुम्ती सेवाको समय परिवर्तन गरिएको सम्बन्धी सूचना ।

नेपाली राजदूतावास ओमानले 2077 कार्तिक 24 गते जारी गरेको सूचनाअनुसार दोफार प्रशासनिक क्षेत्रमा रहेका नागरिकहरूलाई यात्रा अनुमित पत्र, भिसा, राहदानी नवीकरण, गैर आवासीय नेपाली परिचय पत्र, अधिकृत वारेसनामा लगायतका विविध अत्यावश्यक सेवाहरू प्रदान गर्न सञ्चालन गर्ने घुम्ती सेवाको समय देहायबमोजिम परिवर्तन गरिएकोले उक्त सेवा लिन इच्छुक महानुभावहरूले निम्न स्थानमा उपस्थित भई सेवा लिन सकिने व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ। यी सेवाहरू लिनको लागि चाहिने आवश्यक कागजातहरू र दस्तुर सम्बन्धी विवरण यस राजदूतावासको वेभसाइट https://om.nepalembassy.gov.np/ मा उपलब्ध भएको व्यहोरा समेत सबैमा अनुरोध छ।
स्थानः सलाला रोयल होटल सुइटस्, सलाला
मिति र समयः २०७७ मंसिर 19 गते शुक्रबार तदअनुसार डिसेम्बर 04 गते।
सम्पर्कः श्री अनुप ढकाल (71592490)
नेपाली राजदूतावास, मस्कट, ओमान
२०७७ मंसिर 8 गते, सोमबार।