नेपालबाट ओमान यात्रा गर्ने महानुभावहरूलाई अत्यावश्यक जानकारी ।

उपरोक्त सम्बन्धमा ओमानको नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सार्वजनिक परिपत्र बमोजिम ओमान आउने नेपाली नागरिकहरूले देहायबमोजिम स्वास्थ्य सम्बन्धी शर्तहरूको अनिवार्य पालना गर्नु पर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।
क) सम्पूर्ण यात्रुमहानुभावहरूले ओमान आइपुग्ने समयमा ७२ घण्टाभित्रको सम्बन्धित निकायबाट प्रमाणित अंग्रेजी भाषामा भएको COVID-19 को -ve PCR report अनिवार्य साथमा राख्नु पर्नेछ।
ख) निशुल्क उपचार व्यवस्था भएका बाहेक ओमानमा आउने सबै नेपाली यात्रुहरूसँग COVID-19 को उपचार समेत समेटिएको अन्तराष्ट्रिय स्वास्थ्य बीमा अनिवार्य हुनुपर्नेछ।
ग) यात्रा गर्नुपूर्व सम्पूर्ण यात्रुहरूले https://covid19.emushrif.om/traveler/travel मा PCR परीक्षणका लागि उपलब्ध पूर्वदर्ता फारम भर्नुपर्नेछ। PCR परीक्षणको शुल्क २५ ओमानी रियाल लाग्नेछ। साथै मोबाइलमा Tarassud+ app डाउनलोड पनि गरेको हुनु पर्नेछ।
घ) ओमान आएपछि सम्पूर्ण यात्रुहरूले ७ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ।
ङ) १५ बर्ष भन्दा मुनिका बालबालिकाहरूलाई PCR परीक्षण र Tarassud+ app अनिवार्य गरिएको छैन।
नेपाली राजदूतावास
मस्कट, ओमान
16 पुस 2077, बिहीबार।