राजदूतावासबाट पुन: श्रम स्वीकृति प्रदान गरिने प्रक्रिया सम्बन्धी सूचना

राजदूतावासबाट पुन: श्रम स्वीकृति प्रदान गरिने प्रक्रिया सम्बन्धी सूचना
2023 May 24
१. वैदेशिक रोजगारीका सिलसिलामा गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुन: श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम नेपाली राजदूतावास, मस्कट, ओमानबाट मिति २०८० जेठ १८ गते तदनुसार १ जुन २०२३ देखी पुन: श्रम स्वीकृति प्रदान गरिने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।पुन: श्रम स्वीकृतिका लागि प्राप्त हुने आवेदनको संख्याअनुसार थपघट हुने गरी हाललाई दैनिक १५ वटा टोकन उपलब्ध हुने गरी पुन: श्रम स्वीकृतिको प्रक्रिया सुचारु हुने व्यहोरा समेत जानकारी गराईन्छ।
2. पुन: श्रम स्वीकृत लागि आवेदन गर्दा अनलाईन फारम (Online Form) भर्नु पर्दछ। पुन: श्रम स्वीकृति लिन राजदूतावासमा उपस्थित हुनु पर्दैन। सबै प्रक्रिया अनलाईनबाटै गर्न सकिन्छ।अनलाईन फारम भर्दा सम्भव भएसम्म सम्बन्धित व्यक्ति आफैले भर्नुपर्छ। आफ्नो इमेल र मोबाइल नम्बर उल्लेख गर्नुपर्छ। आफैले भर्न सम्भव नभएमा सो कार्यको लागि अन्य सहयोगी व्यक्ति, संस्था वा राजदूतावासका स्वयम् सेवक मार्फत पनि भर्न सकिन्छ।
3. अनलाईनबाट पुन: श्रम स्वीकृतिका लागि फाराम भर्नका लागि यो लिंक हेर्नुहोला: https://feims.dofe.gov.np/common-login.aspx
४. अनलाईन आवेदन गर्दा निम्न डकुमेन्ट तयारी अवस्थामा राख्नुपर्छ। र सो को स्क्यान कपि (Scanned Copy) प्रविष्टि (Upload Scanned) गर्नुपर्दछ।
१) तस्विर (Passport Size Photo)
२) तस्विर भएको राहदानीको पेज
३) राहदानीमा लागेको आगमन र प्रस्थान (Arrival/Departure) को विवरण खुल्ने पेजहरु
४) करार सम्झौता
५) पुरानो श्रम स्वीकृति
६) भिषा
5. तोकिएको स्थानमा जुन कागजात भनिएको छ सोही कागजात तोकिएको ढाचा (jpeg, png वा pdf) तथा तोकिएको आकार (5 mb भन्दा कम साइजमा) मा प्रविष्टि गर्नुपर्दछ।
6. पुन: श्रम स्वीकृतिका लागि आवेदन गर्दा देहायको प्रक्रिया अपनाई अनलाईन आवेदन दिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।
*पुन: श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार विभागको https://feims.dofe.gov.np/common-login.aspx मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र भन्ने Login मा click गर्नुहोस।
*तत्पश्चात आफ्नो राहदानी नम्बर र पासवर्ड (Password) प्रयोग गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (Foreign Employment Information Management System, FEIMS) मा प्रवेश गर्न सकिनेछ र श्रम स्वीकृतिका लागि आवेदनमा Click गरी प्रक्रिया अगाडि बढाई आवेदन दिन सक्नुहुनेछ।
*यसरी आवेदन दिँदा नयाँ राहदानी लिनुभएको भए सोही राहदानी आधारमा प्रक्रिया अगाडि बढाउनुहोला।पासवर्ड (Password) बिर्सनु भएको अवस्थामा राजदूतावासको e-mail मा अनुरोध गर्न सक्नुहुनेछ। पासवर्ड रिसेट भएको जानकारी आफ्नो ईमेलमा नै प्राप्त हुनेछ।
*वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (FEIMS) मा सम्पूर्ण विवरण अपडेट गरी माग भए बमोजिमको कागजपत्र प्रविष्टि गर्नुपर्नेछ। अन्तिममा श्रम स्वीकृतिका लागि आवेदन गर्ने स्थानमा “मस्कट ओमान” छनौट गरी आवेदन दिनुपर्नेछ।
*श्रम स्वीकृतिका लागि तिर्नुपर्ने कल्याणकारी कोष (Foreign Employment Welfare Fund) बीमा (Foreign Employment Insurance) र सामाजिक सुरक्षा कोष (Social Security Fund) को रकम सम्बन्धित व्यक्तिले सोझै विधुतीय भुक्तानी प्रणाली जस्तै (Connect IPS / eSewa / Khalti) आदि मार्फत पनि तिर्न सकिनेछ।
* पुरानो श्रम स्वीकृति लिँदा आँखा वा ‍औठाछाप (Biometric) दर्ता गर्नुभएको छैन भने अनलाइनबाट पुन: श्रम स्वीकृति लिन मिल्दैन।यसको लागि वैदेशिक रोजगार कार्यालयमा आँखा वा औठाछाप दर्ता भएको हुनुपर्छ।
*अनलाईन आवेदन कसरी दिने भन्ने विषयको जानकारी YouTube मा गई त्यहाँ उपलब्ध भएको आधिकारिक Tutorial Video बाट पनि जानकारी लिन सक्नुहुनेछ। https://youtu.be/5Qz_UYuop6c
* पासपोर्टमा आगमनको छाप नभएको खण्डमा ओमान Entry भएको प्रमाणित हुने कागजात जस्तै ओमानको भिसा, Valid Omani ID वा अन्य कुनै प्रमाण पेश गर्न सक्नुहुनेछ ।

थप जानकारी चाहिएमा निम्न नम्बरमा फाेन गर्नु हुन : +96871592490

२०८० जेठ १०
नेपाली राजदूतावास,
मस्कट, ओमान।
२०८० जेठ १०
नेपाली राजदूतावास,
मस्कट, ओमान।