राजदूतावासका हटलाइन नम्बरहरु

राजदूतावासका हटलाइन नम्बरहरु नियमित कामको लागि कार्यालय समयमा (आइतवारदेखि बिहीबारसम्म विहान ८ बजे देखि दिउसो ३ बजेसम्म) गर्नु होला । श्रमिक उद्दार, मानवतस्कारी लगायत अत्यावश्यकरइमरजेन्सी कामका लागि सातै दिन चौबीसै घण्टा फोन गर्न सक्नुहुनेछ : १) श्रमिकको उद्दार, मानवतस्करी लगायत अन्य आपतकालीन अवस्थामा मोवाइल नम्बर 71592490 वा श्रम सहचारी मोवाइल नम्बर 71592506 फोन गर्नुहुन । नियमित र सामान्य कामका लागि

के मानब तस्करबाट पीडीत हुनु भएकाे छ ?

के तपाईं मानव तस्करहरुबाट पीडित हुनु भएको छ ? रोयल ओमान प्रहरीको सूचना रोयल ओमान प्रहरीको निम्न हटलाइनमा फोन गर्नुहोस, बाेलेर मेसेज रेकर्ड गराउने ब्यवस्था पनि छ । (श्राेत https://nccht.om/help/help-nepalese/?fbclid=IwAR0LXrcALp6nblmWYnc5Pxmph2GZUkHSHO3mLQhJbj8V7kevxccW6mXzRVE) हट लाइन 80077444 यदि तपाईंलाई झुठो आश्वासन देखाएर ओमान ल्याइएको, र तपाईँको काम गर्ने वातावरण तपाईंलाई भनिएको भन्दा निकै फरक छ भने तपाईं मानव तस्करीको सिकार हुनुभएको छ। के तपाई

जानकारी साथै सूचना !

ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले मिति २०७७ जेठ २ गते ‍नेपाली दूतावास ओमानले गठन गरेको “कोभिड-19 व्यवस्थापन स्वयंमसेवी समूह” का सदस्यहरूसँग अनलाइन भिडियो कन्फ्रेन्समार्फत कोरोना भाइरसका कारण नेपाली समुदायमा परेको प्रभाव तथा त्यस सम्बन्धमा नेपाली दूतावासले गरेका प्रयासहरू र आगामी दिनमा यस समूहका सदस्यहरूले गर्नुपर्ने गतिविधिबारे छलफल गर्नुभयो। छलफलका क्रममा यस समूहका सदस्यहरूले यस अवधिमा वहाँहरूले निभाउनु

नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ‌ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ।

नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ‌ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज एक हस्ताक्षर कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो।नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको छ। ओमानको तर्फबाट

सम्बन्धित सबैको जानकारीका लागि I

1.मिति २०७७।०५।२९ गते महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि मित्रराष्ट्र फिलिपिन्सका महामहिम राजदूत श्री इमेल्दा प्यानोलोङ्गज्यूसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो। उक्त भेटका अवसरमा महामहिमज्यूहरूले दुई देशको आपसी सम्बन्ध तथा पारस्पारिक सहयोगका सम्बन्धमा आ-आफ्ना विचारहरू राख्‍नुभयो। 2. महामहिम राजदूतज्यूले मिति २०७७।०५।२३मा ओमानस्थित नेपाली संघसंस्थाका प्रतिनिधिज्यूहरूसँग कोभिड-१९ को महामारी लगायत समसामयिक विषयमा दूतावासमा अन्तरक्रिया गर्नुभयो।उक्त अवसरमा दूतावासका कूटनीतिक कर्मचारी