बृहत्तर खाडी क्षेत्रका विभिन्न राष्ट्रहरू (GCC,MENA region) तथा मलेसिया र पाकिस्तानमा कार्यरत नेपाली राजदूतज्यूहरूले हिजो भिडियो कन्फरेन्स मार्फत समसामयिक विषयहरूमा छलफल गर्नुभयो। खास गरी COVID-19 को संक्रमणका कारण यस क्षेत्रमा रहनु हुनेनेपालीहरूमा परेको प्रभाव र भावी कार्ययोजनाका विषयमा छलफल केन्द्रित भएको थियो।
उक्त छलफलमा ओमानबाट महामहिम श्री शर्मिला पराजुली ढकालज्यू ,साउदी अरबबाट महामहिम श्री प्रो.महेन्द्र सिंह राजपूतज्यू इजिप्टबाट महामहिम श्री झविन्द्र प्रसाद अर्यालज्यू, बहराइनबाट महामहिम श्री पदम सुन्दासज्यू, कुवेतबाट महामहिम श्री दुर्गा प्रसाद भण्डारीज्यू, यु.ए.ई. बाट महामहिम श्री कृष्ण प्रसाद ढकालज्यू, कतारबाट महामहिम श्री डा.नारद नाथ भारद्वाजज्यू, इजराइलबाट महामहिम श्री डा. अञ्जान शाक्यज्यू, पाकिस्तानबाट महामहिम श्री सेवा लम्सालज्यू र मलेसियाबाट महामहिम श्री उदयराज पाण्डेज्यूले आ-आफ्नो मुलुकको अनुभव राख्दै यस क्षेत्रमा रहेका नेपालीहरूको स्वास्थ्य, सुरक्षा र राष्ट्रिय हित प्रवर्द्धनका लागि आगामी दिनहरुमा समेत सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
उक्त कन्फरेन्सको संयोजन ओमानका लागि नेपाली राजदूत महामहिम श्री शर्मिला पराजुली ढकालज्यूले गर्नुभएको थियो।
नेपाली राजदूतावास,
मस्कट, ओमान
२०७७/०१/११