आज मिति १६ अक्टोबर २०१७ मा ओमानको Public Prosecution ले मानव तस्करी (Human Trafficking) रोकथाम तथा नियन्त्रण सम्बन्धी एक प्रेस सम्मेलन आयोजना गरेको थियो जसमा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकाल र उप-नियोग प्रमुख श्री रोजिना ताम्राकारले सहभागिता जनाउनु भएको थियो। सो सम्मेलनमा ओमानले मानव तस्करी (Human Trafficking) रोकथाम तथा नियन्त्रण गर्न “ऐहसान” नामक ३ महिने मिडिया अभियान (Media Campaign) संचालन गर्न लागेको व्यहोरा अवगत गराइएको थियो। सो अभियानको उद्देश्य ओमानमा हुने मानव तस्करीलाई नियन्त्रण गर्ने, तस्करहरुलाई कानूनी दायरामा ल्याउने, पीडितहरुलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउने र सामाजिक चेतना जगाउने रहेको बताइएको छ। सो अभियान अरबी तथा अंग्रेजी लगायत अन्य भाषाहरु र नेपाली भाषामा पनि संचालन गरिने जानकारी गराइएको छ।