अधिकृत वारिसनामा प्रमाणीकरण (Power of Attorney)
नेपाली नागरिकको हकमा अधिकृत वारिसनामा दिने (नेपाली नागरिक) ले महामहिम राजदूतको रोहवरमा अधिकृत वारेसनामामा सहीछाप गर्नुपर्ने हुनाले समय लिएर मात्र राजदूतावासमा आउनु हुन अनुराेध छ ।
आवश्यककागजातः
- नेपाली कागजमा रितपूर्वक (नेपालमा कानून व्यवसायीको सहयोगमा) तयार पारिएको अधिकृत वारिसनामा २ प्रति, लिने र दिने दुवैको फोटो टाँस गरिएको हुनुपर्नेछ।
- अधिकृत वारिसनामा दिनेको सक्कल नागरिकता र सक्कल राहदानी
- अधिकृत वारिसनामा लिनेको सक्कल नागरिकता वा नोटरी पब्लिकबाट प्रमाणित नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
- जग्गाको हकमा चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको सक्कल वा नोटरी पब्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्नेछ।
- जग्गाधनी प्रमाणपत्रको सक्कल प्रति।
- अधिकृत वारिसनामा दिने र लिने दुबैको हालसालै खिचिएको २/२ प्रति फोटो।
- किनारा साक्षीमा दुई जनाको नाम थर, ठेगाना र सही।
- अधिकृत वारिसनामा दिने र लिने दुवैको हस्ताक्षर तथा दाहिने हातको बुढी औलाको रेखात्मक छाप (ल्याप्चे सहिछाप) भएको दूतावासलाई सम्बोधित रीतपूर्वक (नेपाली कानून व्यवसायीको सहयोगमा तयार गरिएको) निवेदन ।
- ओमानको लेबर कार्ड र सो को प्रतिलिपि।
- अधिकृत वारिसनामा प्रमाणित वापतको राजश्व – कागजातको प्रकार अनुसार १६ र २ रियाल )