1. 07 फेब्रुअरी 2021 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि साइप्रस गणतन्त्रका महामहिम आन्द्रेयस् निकोलेद्सलाई नेपाली दूतवासमा भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिमहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हित लगायत सहयोगका विषयमा छलफल भएको थियो।
2. 03 फेब्रुअरी 2021 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले नेपालको परराष्ट्र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव श्री काली प्रसाद पोखरेलज्यूको नेतृत्वमा आएको ३ सदस्यीय भ्रमण दललाई नेपाली दूतावास मस्कटमा स्वागत गर्नुभयो।
3. 02 फेब्रुअरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमान च्यारिटेबल संस्था (OCA)का कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महामहिम मोहम्मद अल धुलीलाई वहाँको कार्याकक्षमा भेटघाट गर्नुभयो। महामहिमज्यूले OCA ले सन् 2015 मा नेपालमा गएको भूकम्प पश्चात पुर्याएको मानवीय सहायताको लागि विशेष धन्यवाद प्रकट गर्नुभयो। उक्त संस्थाले सन् 2015 मा नेपालमा आएको भूकम्प पश्चात विविध सामाजिक कार्यहरू गरेको थियो भने हाल ओमानमा कोरोनाभाइरसको कारणले समस्यमा रहेका विभिन्न व्यक्ति तथा परिवारहरूलाई सहयोग गरिरहेको छ।
4. 28 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमान आउटबाउण्ड नामक संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री मार्क इभान्सलाई वहाँको कार्यालयमा भेटी त्यस सामाजिक संस्थाका गतिविधिहरू बुझ्नुभयो। उक्त सामाजिक संस्थाले सामाजिक इञ्जिनियरिङमा विशेष सहयोग पुर्याउने गरेको छ।
5. 25 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि हंगेरीका राजदूत महामहिम डा. टिबोर जमारीज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो।उक्त भेटघाटमा महामहिमहरूले हंगेरी र नेपालको कूटनीतिक सम्बन्ध, आपसी हितका साथै वैदेशिक लगानी र व्यपार प्रबर्द्धनका विषयहरूमा गहन छलफल भएको थियो।
6. 26 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यू नेपालको परराष्ट्र मन्त्रालयले आयोजना गरेको आर्थिक कूटनीति सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हुनुभयो। उक्त कार्यक्रममा नेपालको निर्यात प्रबर्द्धनमा विभिन्न दूतावासले के कस्तो भूमिका खेल्न सक्छन् भन्ने विषयमा अन्तर्क्रिया भएको थियो। कार्यक्रमको शुरूवातमा श्रीमान् वाणिज्य सचिवज्यूले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउँदै सहभागीहरूलाई प्रस्तुतीका बारेमा प्रष्ट पार्नुभएको थियो।साथै श्रीमान् परराष्ट सचिवज्यूले आगामी दिनमा दूतावासहरूले निर्यात प्रबर्द्धन लगायतका आर्थिक कूटनीतिक कार्यक्रममा विशेष प्रयत्न गर्न सुझाव दिनुभएको थियो भने उक्त कार्यक्रममा विभिन्न मुलुकमा रहेका नेपाली दूतावासका महामहिम राजदूतज्यूहरू तथा सम्बन्धित पदाधिकारीहरू सहभागी हुनु भएको थियो। उक्त कार्यक्रममा देशगत रूपमा केन्द्रति रहेर निर्यात प्रबर्द्धनका रणनीति तर्जुमा गर्न निर्देशन समेत दिएको थियो।
7. 21 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि इथियोपियाकी राजदूत महामहिम एरोरित मोहम्मद यासिनज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो।उक्त भेटघाटमा महामहिमहरूले इथियोपिया र नेपालको द्विपक्षीय कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै पछिल्लो समय इथियोपियामा विकसित राजनीतिक घटनाक्रमको सफल व्यवस्थापन तथा इथियोपियाले हासिल गरेको आर्थिक विकासको गतिका बारेमा विचार विमर्श गर्नु भएको थियो।
8. 20 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि अल्जेरियाका राजदूत महामहिम मोहम्मद ईर्कीज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो।उक्त भेटघाटमा महामहिमहरूले अल्जेरिया र नेपालको कूटनीतिक सम्बन्ध, मध्य पूर्व तथा उत्तर अफ्रिका क्षेत्रमा विकसित परिस्थिति एवम् कोरोना भाइरसको प्रभावलगायत विविध विषयमा छलफल भएको थियो।
9. 19 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि दक्षिण कोरियाका राजदूत महामहिम किम चाङ् क्युज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो।उक्त भेटघाटमा महामहिमहरूले दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध, KOICA ले नेपाल तथा ओमानमा गरेका गतिविधिहरू तथा आपसी हितका विविध विषयहरूमा छलफल गर्नुभयो।
10. 18 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानमा फोहोरमैला व्यवस्थापन गर्दै आएको सरकारी कम्पनी अल वियाको भ्रमण गरी त्यहाँका प्रमुख कार्यकारी अधिकृत श्री तारिक अलि सलिम अल आम्री लगायत पदाधिकारीसँग अन्तर्क्रिया गरी फोहोरमैला व्यवस्थापनबारे जानकारी लिनु भएको थियो।
सोही छलफलका क्रममा महामहिमज्यूले दैनिक जीवनयापनसँग जोडिएको फोहोरमैला व्यवस्थापन, ढलनिकास एवम् वायु प्रदुषण नियन्त्रणबारे नेपालमा भइरहेको प्रचलन तथा रणनीतिहरूबारे विचार आदान-प्रदान गर्नु भएको थियो।
यसबारे नेपाल र ओमानका सम्बन्धित निकायका पदाधिकारीहरूबीच चाँडै नै एक वेभिनारमार्फत अन्तर्क्रिया गर्ने सहमति समेत भएको छ।
11. 14 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि ब्रुनाई देरुसलामका राजदूत महामहिम मादी सुलेइनी विन हाजी सइदज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिमहरूले ब्रुनाई देरुसलाम र नेपालको द्विपक्षीय सम्बन्ध तथा पछिल्लो अवस्था लगायत आपसी सहयोगका सम्भावनाबारे जानकारी आदान-प्रदान भएको थियो।
12. १३ जनवरी 2021 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि अष्ट्रियाका राजदूत महामहिम क्रिष्टिन ब्रुनमेरज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो।उक्त भेटघाटमा महामहिमहरूले अष्ट्रिया र नेपालबीचको द्विपक्षीय सम्बन्ध, कोरोनाभाइरसको कारणले श्रृजना भएको पछिल्लो स्थिति, ओमानलागयत खाडी राष्ट्रहरूमा विकसित परिस्थिति एवम् आपसी हितका साझा मामिलाहरूमा छलफल भएको थियो।