मिति २०७७।०६।०१ गते महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका
सम्पदा तथा पर्यटन मन्त्री माननीय श्री स्यालिम विन मोहम्मद अल मरहुक्कीलाई वहाँको कार्यकक्षमा
शिष्टाचार भेट गर्नुभएको थियो। सो अवसरमा महामहिम राजदूतज्यूले सम्पदा तथा पर्यटन मन्त्रीको
रूपमा नियुक्त हुनु भएकोमा माननीय मन्त्रीज्यूलाई वधाई ज्ञापन गर्नुभयो ।
महामहिम राजदूत ढकालले माननीय मन्त्रीज्यूलाई नेपालको गर्विलो संस्कृति, प्रचुर प्राकृतिक
पर्यटन तथा रमणीय स्थलहरूको वर्णन गर्दै पछिल्लो दिनमा ओमानबाट जाने पर्यटकको संख्यामा
वृद्धि भएको जानकारी गराउनुका साथै आगामी दिनमा समेत मन्त्रीज्यू लगायत समस्त ओमान
सरकारबाट पर्यटन प्रवर्द्धनमा सहकार्यका लागि अनुरोध गर्नुभयो।
माननीय मन्त्री श्री स्यालिम विन मोहम्मद अल मरहुक्ीले नेपालको प्राकृतिक सम्पदा एवम्
साँस्कृतिक विविधताको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पर्यटनको क्षेत्रमा सहकार्य गर्न तत्परता
देखाउनु भयो। माननीय मन्त्रीज्यूले गत डिसेम्बरमा भएको संग्रहालय सम्बन्धी सम्झौताबारे
प्रसन्नता जाहेर गर्दै निकट भविष्यमा नै पर्यटन क्षेत्रमा पनि एक सम्झौतामा हस्ताक्षर हुने विश्वास
व्यक्त गर्नु भयो। माननीय मन्त्रीज्यूले ओमानको पर्यटन प्रवर्द्धनमा नेपाली जनशक्तिको विशेषगरी
हस्पिटलिटीको क्षेवमा राम्रो योगदान रहेको उल्लेख गर्नुभयो ।
उक्त छलफलमा सम्पदा तथा पर्यटन मन्त्रालयका अन्य उच्च पदाधिकारीहरूको समेत
उपस्थिति रहेको थियो।