सबैको जानकारी्क़ो लागी !
1. मिति २०१९ अप्रिल २८ मा ओमानका लागि नेपालका महामहिम राजदूत श्री शर्मिला पराजुली ढकालज्यूले ओमानका लागि सोमालियाका महामहिम राजदूत डा. अब्डीवाली अली अहमदज्यूसँग नेपाली दूतावासमा भेटवार्ता गर्नुभयो । साथै द्विपक्षीय सम्भावनाकाे बारेमा छलफल गर्नुभयाे ।
2. मिति २०७६ साल वैशाख १ गते आइतबार सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूले महामहिम राजदूत श्री शर्मिला पराजुली ढकालज्यूलाई नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ‘संविधान दिवस–२०७५’ को अवसरमा घोषणा भएको सुप्रवल जनसेवाश्री पदक प्रदान गर्नुभयो ।
सम्पूर्ण कुटनीतिक तथा स्थानीय कर्मचारी, नेपाली राजदूतावास, मस्कटको तर्फबाट महामहिम राजदुत श्री शर्मिला पराजुली ढकालज्यूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छाैँ ।
3. मिति २०१९ अप्रिल १२ मा ओमानका लागि नेपालका महामहिम राजदूत श्री शर्मिला पराजुली ढकालज्यूले महिला आवाज(VOW) कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागिता जनाइ उत्प्रेरणा जगाउने मन्तव्य प्रस्तुत गर्नुभयो ।
4. मिति २०१९ अप्रिल १२ मा ओमानका लागि नेपालका महामहिम राजदूत श्री शर्मिला पराजुली ढकालज्यूले मस्कटस्थित इन्डियन स्कुलले आयोजना गरेको आइ.एस. क्वीज कार्यक्रममा सम्मानित अतिथिको रुपमा सहभागिता जनाउनुभयो ।
5. ओमानका लागि नेपालका महामहिम राजदूत श्री शर्मिला पराजुली ढकालज्यूले ‘फाइन आट्र्सको लागि ओमानी समाज’का निर्देशक तथा प्रसिद्ध चित्रकार मारयाम अल जडजलीज्यूलाई नेपाली राजदूतावासमा स्वागत गर्नुभयो । उहाँहरुबीच नेपाल–ओमान सम्बन्ध कला–साहित्यको माध्यमबाट अगाडि बढाउदै लैजाने सुविचार व्यक्त गर्नुभयो ।
6. मिति २०१९ अप्रिल २५ मा ओमानका लागि नेपालका महामहिम राजदूत श्री शर्मिला पराजुली ढकालज्यूले नेचुरल हिलिङ एण्ड सिङ्गीङ bowl सेन्टर अफ नेपालका निर्देशक श्री निराकार ( फ्रेन्च नेशनल )ज्यूलाई नेपाली राजदूतावास मस्कटमा स्वागत गर्नुभयो । उहाँले सिङ्गीङ वल हिलिङ सेन्टरको माध्यमबाट नेपालको ( natural science of healing ) गरिमा बढाउन गरेको योगदानको कदर गर्दै खादाले सम्मान गर्नुभयो ।