सुल्तान हाइथम बिन तारिकज्यूको विशेष प्रतिनिधि तथा उपप्रधानमन्त्रीज्यूसँग
महामहिमज्यूको बिदाई भेटघाटबारे
महामहिमज्यूले मिति २०७५ असोज २५ गते सोमबार ओमान सरकारको अन्तर्राष्ट्रिय मामिला सम्बन्धी
उपप्रधानमन्त्री तथा ओमानका सुल्तान हाइथम बिन तारिकज्यूका विशेष प्रतिनिधि राजपरिवार सदस्य श्री असाद
तारिक तेइमुर अल सइदीज्यूसँग अन्तिम बिदाई भेट गर्नुभयो। उक्त भेटघाटमा उपप्रधानमन्त्रीज्यूले
महामहिमज्यूलाई उज्वल भविष्यको कामना गर्नहुँदै आगामी दिनमा समेत नेपाल सरकारको प्रतिनिधि भएर काम
गरेको हेर्ने इच्छा रहेको जाहेर गर्नुभयो। उपप्रधानमन्त्रीज्यूले ओमानको आगामी दिनका विकासका योजनाहरूबारे
चर्चा गर्दै नेपाललाई पनि त्यसमा सहभागी हुन अनुरोध गर्नुभयो। उपप्रधानमन्त्रीज्यूले विशेषगरी महामहिम
राजदूतज्यूले प्रस्ताव गर्नु भएको उर्जा, जलविधुत तथा कृषि क्षेत्रमा लगानी सहकार्य गर्न इच्छूक रहेको धारणा
राख्नुभयो।
महामहिम राजदूतज्यूले उप्रधानमन्त्रीज्यू मार्फत सुल्तान हाइथम विन तारिकज्यूलाई आफ्नो कार्यकालमा प्राप्त
सहयोगका लागि विशेष धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा द्विपक्षीय हितका क्षेत्रमा प्राप्त उपलब्धिहरू तथा
गरेका प्रयासहरूका बारेमा छोटकरीमा जानकारी गराउनु भएको थियो। अन्त्यमा, उपप्रधानमन्त्रीज्यूले
महामहिमज्यूलाई सफल कार्यकालको लागि सुल्तान हाइथम बिन तारिकज्यूले पठाउनु भएको बधाइ सन्देश
सुनाउनुका साथै आगामी नेपालको राजदूतज्यूलाई समेत ओमान सरकारबाट पूर्ण सहयोग रहनेबारे विश्वस्त
पार्नुभयो।
उक्त भेटघाटमा महामहिमज्यूको श्रीमान् श्री बिमल ढकालज्यू तथा दूतावासका द्वितीय सचिव श्री सोमेश थापाज्यू
पनि सरिक हुनुहुन्थ्यो।