
१। २७ अगष्ट २०१९ मा महामहिम राजदूतज्यूले ओमनको रोयल अस्पतालमा उपचारार्थ
नेपाली नागरिक बासु प्रसाद प्याकुरेललाई अस्पतालको सघन कक्षमा गई
भेट्नुभयो। ओमनको रोयल कोर्ट अफ दिवानमा कार्यरत प्याकुरेललाई Pancreatitis
ले गर्दा विगत २१ अगष्टदेखि अस्पतालमा भर्ना गरिएको थियो। उक्त रोगबाट ग्रसित भएको भन्ने व्यहोरा उहाँको उपचारमा संलग्न चिकित्सकले
जनाउनुभयो।
वहाँको स्वास्थ्य सुधारोन्मुख रहेको र २८ अगष्टबाट सघन उपचार कक्षबाट बाहिर निकालिने जानकारी चिकित्सकले गराउनु भयो।

२। २६ अगष्ट २०१९ मा महामहिम राजदूतज्यूले म्यान बूकर अन्तराष्ट्रिय पुरस्कार ( Man Booker International Award )जित्ने पहिलो अरबिक मुलकी नागरिक (सेलेष्टियल बडिज उपन्यासका लागि) जोखा अल हार्थीलाई नेपाली दूतावासमा बोलाई सम्मान गर्नुभयो।उक्त अवसरमा अलहार्थीले
आफ्नो उपन्यास लेखन सम्बन्धी अनुभव तथा उक्त पुरस्कार जितेपछिको अनुभव समेत सुनाउनुभयो।
त्यति ठुलो उपलब्धिकालागि बधाई दिंदै महामहिमले वहाँलाई नेपाल भ्रमणको निम्तो दिनुभयो भने वहाँले समस्त साहित्यजगतमा साथै साहित्यप्रेमीप्रति पुर्याउनु भएको योगदानको कदर गर्दै त्यसप्रति आभार प्रकट गर्नुभयो।

३। २४ अगष्ट २०१९ मा यस राजदूतावासको प्रांगणमा महामहिम राजदूतको अध्यक्षतामा आगामी असोज २ गते आयोजना गर्न लागिएको राष्ट्रिय दिवसको तयारी सम्बन्धी ओमनस्थित नेपाली दाजुभाई तथा दिदिबहिनीहरू तथा विभिन्न संघ/संस्थाहरूका प्रतिनिधिहरूको समुस्पथितिमा एक छलफल कार्यक्रम आयोजना गरियो।
उक्त बैठकमा सो कार्यक्रमको दौरानमा ओमनस्थित नेपाली समुदायबाट पस्किने साँस्कृतिक प्रस्तुतिको बारेमा छलफल भयो। साथै उक्त प्रस्तुति तयारी गर्ने प्रयोजनका लागि देहायबमोजिमको एक संयोजन समिति गठन भएको व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराउँदछौ।
संयोजन समिति
१ सोमेश थापा ......................संयोजक
२ फुर्वा लामा .......................सदस्य
३ छवि बस्नेत........................सदस्य
४ खेम खड्काथोकी.................सदस्य
५ मधु गुरूङ........................ सदस्य
६ रन्जित आचार्य .................... सदस्य
७ सुरेश खड्का .................... सदस्य