सम्बन्धित सबैको जानकारीका लागि
उपरोक्त सम्बन्धमा ओमनका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले देहायबमोजिमका गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउनु भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।
१। २२ अगष्ट २०१९ मा महामहिम राजदूतज्यूले यहाँको परराष्ट्र मन्त्रालय अन्तर्गतको पश्चिम एशिया महाशाखाका प्रमुख महामहिम हिलाल अल ममारीलाई वहाँको कार्यकक्षमा भेटवार्ता गर्नुभयो। उक्त अवसरमा वहाँहरूबीच द्वि-पक्षीय हितका विविध विषयमा छलफल भयो।
२। १९ अगष्ट २०१९ मा ओमनको तथ्याङ्क तथा गुणस्तर विभाग प्रमुख मौसुफ सय्यीद मोहम्मद विन सलिम अल-सादलाई महामहिम राजदूतज्यूले नेपाली दूतावासमा स्वागत गर्नुभयो । उक्त भेटमा नेपाल र ओमनबीच हालसम्म भइरहेका सहकार्य तथा आगामी दिनमा हुने क्रममा रहेका क्रियाकलापहरूको बारेमा छलफल भयो।
३। ५ अगट २०१९ मा महामहिम राजदूतज्यूसँग भर्खरै नियुक्त भएर आउनुभएका ओमनका लागि श्रीलंकाका राजदूत महामहिम ओ. एल्. अमिराज्वदले परिचयात्मक भेट गर्नुभयो । उक्त भेटघाटमा दुई देशका राजदूतबीच आपसी हित तथा सहयोगका बिषयमा सघन वातारणमा छलफल भयो। दुवै मुलुक क्षेत्रीय संगठन सार्क तथा बिमस्टेकको सदस्य राष्ट्रका हिसाबले दुई देशबीच विशेष समझदारी रहेको तथा आगामी दिनमा उक्त सहकार्य कायम रहने विषयमा समेत कुराकानी भयो।
४। १९ जुलाई २०१९ मा महामहिम राजदूतज्यूसँग ओमनका लागि इरानका राजदूत महामहिम मो. रेजा नुरीले नेपाली दूतावासमा द्विपक्षीय भेटवार्ता गर्नुभयो। उक्त भेटघाटमा दुई देशका राजदूतबीच आपसी हित तथा सहयोगका बिषयमा सौहार्द्धपूर्ण वातारणमा वार्तालाप भयो।
५। ६ अगष्ट २०१९ मा महामहिम राजदूतज्यूले ओमनका लागि श्रीलंकका नवनियुक्त राजदूत श्री महामहिम ओ. एल्. अमिराज्वदलाई स्वागत गर्दै ओमनका लागि मलेसियाका राजदूत साह्रिल इफेन्दी अब्दुल घानीलाई निज निवासमा बिदाई भोजको आयोजना गर्नुभयो ।
६। १९ र २८ जून २०१९ मा एनआरएनएले आयोजना गरेको एनआरएनए ओमनको अधिवेशन कार्यक्रममा प्रमुख अतिथिकोरूपमा उपस्थित हुनु भएको थियो ।
७। २४ जुलाई २०१९ मा वेलायतकालागि नेपालका राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीज्यूले महामहिम सर्मिला पराजुली ढकालज्यू तथा विमल ढकालज्यूलाई लण्डनस्थित नेपाली दूतावासमा स्वागत गर्दै राजदूत निवासमा रात्रीभोजको आयोजना गर्नुभयो। उक्त अवसरमा नेपाली मूलका लण्डनबासीहरूसँग भेटघाटका साथै गायक दीप श्रेष्ठ, योगेश्वर अमात्य, लण्डन निवासी गायक सितु रिमाल खरेल लगायत दूतावास परिवारको उपस्थिति थियो ।
८। २९ जूलाई २०१९ मा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले यस दूतावासमा आफ्नो कार्यभार सम्हाल्न आउनुभएका द्वितीय सचिव श्री सोमेश थापाज्यूलाई नेपाली दूतावासमा स्वागत गर्दै ओमनबासी नेपाली को हक हितको लागि काम गर्न उत्प्रेरणा प्रदान गर्नुभयो।
९।३। ०४ जुलाई २०१९ मा संघीय संसद अन्तर्गतको सार्वजानिक लेखा समितिका सचिव माननीय श्री रोजनाथ ढकालज्यू तथा उक्त समितिका अन्य केही सदस्यहरू माननीय श्री अमनलाल मोदी, माननीय श्री चन्दा चौधरी तथा माननीय श्री प्रेमबहादुर आले मगर रहेको एक प्रतिनिधि मण्डललाई महामहिमज्यूले नेपाली राजदूतावासमा स्वागत गर्नुभयो । उक्त प्रतिनिध मण्डलले यस दूतावासबाट भए/गरेका लेखा सम्बन्धी विविध गतिविधिहरूको अध्ययन गरेको थियो।
१०। ५ जून २०१९ मा महामहिम राजदूतज्यूसँग ओमनका लागि यु. ए. ई. का राजदूत महामहिम मो. सुल्तान सैफ अल सोवैदीले द्विपक्षीय भेट गर्नुभयो। उक्त भेटघाटमा दुई देशका राजदूतबीच आपसी हित तथा सहयोगका बिषयमा सौहार्द्धपूर्ण वातारणमा छलफल भयो। महामहिमहरूबीच अन्य विषयका अलावा दुई देशका साझा हितका विषयहरूमा समेत वार्तालाप भयो।