1. २०१९ जून १० मा सुल्तानेट अफ ओमानका लागि नेपालका महामहिम राजदूत शर्मिला पराजुली ढकालज्यू तथा राजदुतका श्रीमाान् श्री विमल ढकालज्यूले ओमानका लागि श्रीलङ्काका राजदूत श्री के. पथमानातानको सम्मानमा राजदूत निवासमा एक कार्यक्रमको आयोजना गर्नुभयो । उक्त कार्यक्रममा केही मित्रराष्ट्रहरुका महामहिम राजदुतज्यू आफ्ना श्रीमतीको साथ उपस्थिति जनाइ कार्यक्रमको शोभा बढाउनुभएको थियो ।
2. २०१९ जून ०३ मा सुल्तानेट अफ ओमानका लागि कोरियन महामहिम राजदूत श्री किम चङ क्यूले सुल्तानेट अफ ओमानका लागि नेपालका महामहिम राजदूत श्री शर्मिला पराजुली ढकालज्यूसँग नेपाली राजदूतावास मस्कटमा शिष्टाचार भेट गर्नुभयो ।
उक्त अवसरमा महामहिम ढकालज्यूले महामहिम किम चङ क्यूलाई दूतावासमा स्वागत गर्नुभयो ।
दुवै राजदूतहरुले द्विपक्षीय मामिलाका विषयमा छलफल गर्नुका साथै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने सहमति गर्नुभयो । — with Bimal Dhakal.
3. सुल्तानेट अफ ओमानका लागि नेपालका महामहिम राजदूत शर्मिला पराजुली ढकालज्यूले ओमानका लागि मोरक्को अधिराज्यका महामहिम राजदूत तथा कुटनीतिक समुदायका प्रमुख तारिक इल हसिनलाई दूतावासमा स्वागत गर्नुभयो ।
4. २०१९ जून १४ मा सुल्तानेट अफ ओमानका लागि नेपालका महामहिम राजदूत श्री शर्मिला पराजुली ढकालज्यूले ’बुद्ध भिजन ओमान’ ले अल–महा होटेलमा आयोजना गरेको ‘मेडिटेशन’ कार्यक्रममा सहभागिता जनाउनुभयो ।
उक्त कार्यक्रमको सफल लागि महामहिम ढकालज्यूले
आयोजकप्रति आभारका साथै प्रशंसा व्यक्त गर्नुभयो ।
5. २०१९ मे ०३ मा सुल्तानेट अफ ओमानका लागि नेपालका महामहिम राजदूत शर्मिला पराजुली ढकालज्यूले ओमानका महामहिम श्री साइदा माया अल शैदको संरक्षकत्वमा ग्राण्ड हायात मस्कटमा ओमानी महिलाहरुको प्रेरणादायी कथामा आधारित ‘द अरेवियन स्टोरिज’, ‘हर इस्टोरी’, ‘द डिजिटल मिडिया प्ल्याटफर्म’ कृतिको प्रस्तुतिकरण कार्यक्रममा सहभागीता जनाउनुभयो ।
उक्त अवसरमा महामहिमज्यूले प्रेरणादायी वक्तव्य प्रस्तुत गर्नुभयो ।
6. जून २१ २०१९ मा महामहिम राजदूत शर्मिला पराजुली ढकालज्यूले इन्डियन एम्बेसी मस्कटद्वारा आयोजित ‘अन्तराष्ट्रिय योग दिवस’मा आफ्नो उपस्थिति जनाउनुभयो ।
उक्त कार्यक्रममा महामहिम ढकालज्यूको योग सम्बन्धी धारणा भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो ।
7. २० जून २०१९ मा सुल्तानेट अफ ओमानका लागि नेपालका महामहिम राजदुत श्री शर्मिला पराजुली ढकालज्यूले मिस इन्डिया प्यासिफिक २०१९ लाई मस्कटको चाँदनी चोकको उद्घाटन समारोहमा हार्दिक बधाई ज्ञापन गर्नुभयो । उक्त कार्यक्रममा महामहिम राजदुत ढाकल, उहाँको पति श्री विमल ढकालज्यू, ओमानका लागि इन्डियाका महामहिम राजदुत श्री मुनु महवरज्यू र ओमानका लागि युएइका महामहिम राजदुत श्री मोहम्मद अल सुवाइदीज्यूको सहभागिता रहेको थियो ।
8. २६ जून २०१९ मा ओमानका लागि श्रीलंकाका महामहिम राजदुत श्री एम.के. पद्मानाथनज्यूको सम्मानमा पराराष्ट्र मन्त्रालयद्वारा मस्कटको डिप्लोम्याटिक क्लबमा आयोजित कार्यक्रममा ओमानका लागि नेपालका महामहिम राजदुत श्री शर्मिला पराजुली ढकालज्यूले सहभागिता जनाउनुभयो ।