
नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्ति
सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज एक हस्ताक्षर कार्यकमको आयोजना
गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो। नेपाली दूताबास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको
जीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्रापिको पहिलो काम सम्पन्न भएको छ।
ओमानको तर्फबाट परराष्ट्र मन्ञालयका सचिव (प्रशासन तया लेखा) महामहिम मोहम्मद विन नासिर विन मोहम्मद अल
बहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत महामहिम थी सर्मिला पराजुली डकालम्यूले उक्त
सम्झौतामा हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१०० बर्ग मिटर क्षेफलको
जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अबधि पश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइनेछ ।
हस्ताक्षर कार्यकमपश्चात् भएको भेटमा महामहिम मोहम्मद बिन नासिरले नेपाल सगायत सम्पूर्ण मुलुकहरूसँग ओमानले
प्रगाङ सम्बन्ध राखने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशोष महत्व रहेको बताउनु भयो। महामहिमले
जग्गा प्राति सम्बन्धी सम्झौतामा नेपालसँग हस्ताक्षर भएकोमा महामहिम राजदूतज्यूलाई बधाई दिँदै आगामी दिनमा
समेत यस्तो सहकार्यका लागि ओमान सरकारको तर्फबाट प्रतिबद्धता जनाउनु भयो। भेटमा महामहिमहरूले नेपाल-
ओमानबीष दरिपक्षीय व्यपार, लगानी, पर्यटन लगायतका क्षेशषमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानु पर्ने धारणा
साटासाट गर्नुभयो।
खाही क्षेख्मा ओमानको आफ्नै छुट्टै पहिचान र अस्तित्व रहँदै आएको छ। क्षेबरीय शान्ति र बिकासमा ओमानको
भूमिकाको बिध्यले सराहना गर्दै आइरहेको छ। समग्र खाडी क्षेखमै ओमानको उपस्थिति एक शान्तिप्रमी राष्ट्रको रूपमा
रहेको छ। ओमानको खाडी र हर्मुज स्ट्रेटजस्तो रणनीतिक तथा व्यपारिक मार्गसँग प्रत्यक्ष सरोकार राखे ओमानको
अबिध्यगत रणनीति र दीर्घकालीन योजनाले पनि यस राज्यसँगको दीर्घकालिन् सुमधुर सम्बन्ध स्थापित गर्नु नेपासका
लागि सामरिक तथा रणनीतिक हिसाबले पनि महत्वपूर्ण हुने देखिन्छ । दूतावासको आफ्नै भवन हुनुले पनि ओमान
लगायत समग्र खाड क्षेबमा नेपालको दीर्घकालीन सम्बन्ध राख्न चाहेको सकारात्मक सन्देश जाने देखिन्छ। यसले
खाडी क्षेजमा रहेका करीब १% लाख हाम्रा नेपालीहरूको सुरक्षा तथा स्थावीत्यमा योगदान दिनेछ ।
यो सम्झौतासँगै समग्र खाडी क्ेज्मा आफ्नै भवन हुने पहिलो नेपासी दूताबास हुने दिशामा नेपाली दूताबास श्रोमान अघि
बढ्नेछ । त्यसैगरी आफ्नै भवन हुँदा दूतावासको बर्षेनी घर भाडामा हुने खर्चमा व्यापक कटौती भई दिर्घकालिन् रूपमा
मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुने छ। बिदेशी राजधानीमा नेपाली दूतावासको आफ्नै मौलिक एबम्
कलात्मक भबन हुनु देशकै लागि एक गर्बको बिषय त निष्यय हो नै साथसाथै उक्त भवनको निर्माणपश्चात् ओमानमा
बस्ने नेपालीहरूलाई पनि दैनिक सेवा लिन थप सहज हुनेछ । उत्त भवनबाट नेपाली उत्पादनहरुको प्रदर्शनीलाई स्थायी
तथा बृहत बनाई व्यपार तथा पर्यटन प्रबधनमा समेत थप योगदान पुन्याउने दूतावासको योजना रहेको छ।
उक्त हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय ओमानका अन्य पदाधिकारीहरू तथा नेपाली दूतावासका पदाधिकारीहरूको
उपस्थिति रहेको थियो।