सार्वजनिक सूचना ।

ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयहरूलाई थप स्पष्ट पार्न आज आयोजित पत्रकार सम्मेलन कार्यक्रम पश्चात् देहायबमोजिमका निर्णयहरूका सम्बन्धमा सम्बन्धित नेपाली नागरिकहरूलाई जानकारी गराउन चाहन्छौं।
भिसा सम्बन्धी
२०२१ को जनवरी देखि जारी गरिएका भिसाको म्याद २०२१ को अन्तिमसम्म निशुल्क थप्न सकिनेछ। यसका लागि नेपालमा रहनुभएकाहरूले ROP को Website बाट नवीकरण गर्न सक्नुहुनेछ भने ओमान बाहिर बसेको ६ महिना भन्दा बढी अवधि भएको छ भने आफ्नो रोजगारदातामार्फत ROP कार्यालयमा सम्पर्क गर्नु पर्नेछ।
सेप्टेम्बर १ बाट पुरानै प्रकृया अनुसार भिसा जारी गर्न शुरू गरिने छ। साथै सेप्टेम्बरबाट ओमानमा भिसा नवीकरण गर्न खोपको एक मात्रा लगाएको हुनु पर्ने छ भने अक्टोबर बाट दुवै मात्रा खोप लगाएको हुनु पर्ने छ।
भ्याक्सिन, PCR परीक्षण एवम् क्वारेन्टिन सम्बन्धी
१ सेप्टेम्बर बाट नेपाल लगायत विदेशबाट ओमान आउँदा यात्रुहरूले ओमानले मान्यता दिएका कोरोना भाइरस बिरूद्धको खोप पूर्ण मात्रामा (Johnson and Johnson single doze rest double doze) लिएको हुनु पर्ने र अन्तिम खोप यात्रा गर्नु कम्तीमा १४ दिन अगाडि लगाएको हुनपर्ने छ। यात्रा गर्नु पूर्व सम्पूर्ण यात्रुहरूले Tarassud + मोबाइल एप डाउनलोड गरी आफ्नो अन्य विवरण लगायत QR Code सहितको खोप लगाएको प्रमाण पत्र तथा PCR प्रमाण पत्र समेत अपलोड गर्नु पर्नेछ। ओमानमा यात्रा गर्नको लागि देहाय बमोजिम भ्याक्सिनहरूलाई मान्यता प्रदान गरिएको छ।
१. Pfizer/BioNTech
२. Oxford/AstraZeneca
३. Gamaleya Sputnik V
४. Moderna
५. Covishield (Made in India)
६. Sinovac (CoronaVac)
७. Sinopharm (Vero Cells)
८. Johnson and Johnson (Janssen)
उडान पूर्व ७२ घण्टाभित्रको पिसिआर परीक्षण गर्नु पर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ भने पि.सी.आर. नेगेटिभ भएकाहरूले क्वारेन्टिनमा बस्नु पर्ने छैन।
कम्पनीको मेडिकल उपचार सम्बन्धी व्यवस्था नभएकाहरूले एक महिनाको मान्यता भएको International Travel Insurance for COVID-19 गरेको हुनुपर्नेछ।
१८ वर्ष मुनिका यात्रु तथा स्वास्थ्य अवस्थाले गर्दा कोरोना बिरूद्धको खोप लगाउन नहुने यात्रुलाई खोप लगाउन अनिवार्य हुने छैन।
सिमा नाका खुल्ला गर्ने सम्बन्धी
आगामी सेप्टेम्बर १ बाट सबै भूमि मार्ग अन्तर्गतका नाकाहरू खोल्ने निर्णय गरिएको छ। तर यात्रा गर्नु अगाडि गर्नु पर्ने पि.सी.आर. परीक्षण भने अनिवार्य गरिएको छ।
ओमानमा रहनुभएका नेपालीहरूलाई यस सम्बन्धमा थप केही बुझ्न परेमा कार्यालय समयमा दूतावासको सम्पर्क नं 24696177/24696883 र अन्य समयमा दूतावासको हटलाईन 71592490 मा सम्पर्क गर्न अनुरोध गर्दछौं।
नेपाली राजदूतावास
मस्कट, ओमान
२०७८ भदौ १० गते बिहीबार।