संघीय संसद प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय मानव
अधिकार आयोगको संयुक्त टोलीले घरेलु कामदारको रूपमा ओमान लगायतका खाडी मुलुक: ओमान, साउदी
अरब र यु.ए.ई. मा रहेका घरेलु कादारहरूको विध्यमान अवस्था, समस्या तथा समाधानको लागि चालिनु पर्ने
कदमका विषयमा स्थलगत अवलोकन गर्ने समितिको निर्णय अनुसार यही मिति २०७६ फाल्गुन १७-२६ सम्म
अनुगमन गर्ने कममा १७,१८६ र १९ गते ओमानको भ्रमण गंरको छ। उक्त अवसरमा माननीय सभापतिज्यूको
नेतृत्वमा श्रमण दलले ओमानको शुरा काउन्सिल (प्रतिनिधि सभा)का अध्यक्ष माननीय खालिद विन हिलाल अल
मावली र स्टेट काउन्सिल (राष्ट्रिय सभा) का अध्यक्ष माननीय श्री याहया विन महफौद अल मन्धरीसँग बेस्ला-
बेग्लै द्विपक्षीय भेटघाध गर्यो । उक्त भेटघाटमा माननीयज्यूहरूवीच संसदको संरचना, संसदीय व्यवस्था, प्रतिनिधित्व
तथा संसदमा मौजुद समितिहरूबारे छलफल भयो। साथै, दुवै सदनको गरिमा, भूमिका तथा कानुन वन्ने
प्रक्रियाबारे समेत माननीयज्यूहरूवीच छलफल भएको थियो। दुवै सदनका अध्यकज्यूहरूले यसरी भ्रमण दलको
आदान-प्रदान गर्दा एक अर्काका राग्रा प्रयासहरू सिक्ने अबसर मिल्ने हुनाले ध्रमणको उच्च महत्व रहेको दर्शाउँदै
ओमानको संसदको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो भने माननीय सभापतिज्यूले अध्यक्षद्ववलाई अनुकुल समय
पारेर नेपालको थ्रमण गर्न संघीय संसद प्रतिनिधि सभाका माननीय सभामुख तथा राष्ट्रिय सभा अध्यकषज्युको
सन्देश दिनुभयो।