सार्वजानिक जानकारी ।

श्री ओमानमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरू।
कोरोनाभाइरसको कारणले पछिल्लो समयमा ओमानमा विकसित भइरहेको घटनाक्रम बारेमा यहाँहरू जानकार नै हुनुहुन्छ।हालसम्म ओमानमा कोरोना भाइसरको कारणले २१० जना संक्रमित भएका छन् तथा ३४ जनालाई पूर्णरूपमा ठीक भएको छ भने १ जना ७२ बर्षीय ओमानी नागरिकको मृत्यु भएको छ।हालसम्म यहाँस्थित नेपालीहरू कसैमा पनि यसको संक्रमण भएको पाइएको छैन।
यसै परिस्थितिलाई मध्यनजर गर्दै यहाँको जनशक्ति मन्त्रालयले रोकथामको लागि कामदारहरूको संख्यामा कमी गर्ने देखि लिएर काम गर्ने स्थलमा पूर्व सावधानी अपनाउने र मानिसहरूको हिंडडुलमा आंशिक प्रतिबन्ध लगाएको छ। अत्यावश्यक बाहेक र कामको समय बाहेक अन्य समयमा सार्वजानिकस्थलहरूमा भेला नहुन तथा भीडभाड नगर्न समेत यहाँको सरकारी निकायले बारम्बार अपिल गरिरहेको छ। त्यसैगरी यस अवधिमा भिसा सकिएकाहरूको हकमा समेत यो अवस्थाको समाप्ति पश्चात जरिवाना नपर्ने गरी उचित निर्णय लिइने जानकारी यहाँको सम्बन्धित निकायले गराएको छ।यहाँको सम्बन्धित निकायले सम्पूर्ण निजी व्यवसायीहरूलाई तोकिएको भन्दा कम तलब लगायत अन्य सुविधामा कुनै कमी नगर्न तथा जबरजस्ती बिदामा बस्न बाध्य नपार्न समेत अपिल गरेको छ।
ओमानको स्वास्थ्य मन्त्रीज्यूले ३१ मार्च २०२० मा दिनु भएको एक अन्तर्वातामा अप्रिलको मध्यबाट ओमानमा क्रमश संक्रमण घट्ने आंकलन गरेको उल्लेख गर्नु भएको सन्दर्भमा यहाँ बस्ने नेपालीहरूलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन, कम्पनीले तोकिएबमोजिम मात्र काममा जानहुन, ड्युटी समय भन्दाबाहेक बाहिर ननिस्कन नियमित साबनु पानी वा Hand wash ले हात धुन र बारम्बार आँखा नाक र मुख नछून तथा समग्र स्वास्थ्यमा ध्यान दिइ कोरोनाभाइरसको संक्रमणबाट बच्न उचित सावधानी अपनाउन हुन समेत विशेष अनुरोध छ।
यसैगरी मिति अप्रिल १, २०२० बाट अर्को सूचना जारी नहुन्जेलसम्म मात्रा विलायत (Matrah Wilayat) बन्दा बन्दी (Lock Down) गरिएकोले उक्त जिल्लाभित्र पर्ने हम्रिया, दारसाइट, रूवी, बादि कविर लगायत क्षेत्रमा रहनुभएका नेपालीहरूले अस्पताल/औषधि/खानपानजसता अत्यावश्यक सामानको खरिदका लागि बाहेक बाहिर ननिस्किने र निस्किनु पर्दा पनि पैदल यात्रा नगर्न यहाँको प्रहरी प्रशासनबाट अनुरोध भएकोले सोही बमोजिम गर्न सबैमा अनुरोध छ।यहाँहरूको जानकारीको लागि उक्त सूचनाको नेपाली अनुवाद पनि यसैसाथ संलग्न गरिएको छ।
यहाँ रहनुभएका कोहीपनि नेपालीलाई कोभिड रोगको लक्षण देखापरेर परीक्षण गर्नु परेमा सिधै कोभिडको परीक्षण नभइ चिकित्सको सिफारिश पछिमात्र राष्ट्रिय प्रयोगशालामा यसको निशुल्क परीक्षण हुने हुँदा पहिले नजिकको स्वास्थ्य संस्था (यसैसाथ संलग्न) मा गएर त्यस्को परीक्षण गर्नअनुरोध छ। यस सम्बन्धी थप बुझ्न परेमा हटलाइन १२१२ वा 24441999 मा समेत सम्पर्क गर्न सक्नुहुनेछ।
यस कठिन घडिमा यहाँहरूको सहयोगको लागि नेपाली दूतावास चौबीसै घण्टा तत्पर छ। दूतावासको टेलिफोनः 2469६177/2469६883 हटलाइनहरूः 71592490/ 71530840
र श्रम सहचारीको नं. 71592506 मा यहाँहरूलाई परेको जस्तोसुकै समस्याका बारेमा दूतावासमा सम्पर्क गर्नुहुन समेत सबैमा हार्दिक अनुरोध छ।
नेपाली राजदूतावास
२०७६/12/20, बुधबार
स्वास्थ्य परीक्षण सम्बन्धी अत्यावश्यक सूचना !
१। स्वास्थ्य सम्बन्धी समस्या भएमा के गर्ने ?
➢ स्वास्थ्य मन्त्रालयको सम्पर्क नं 24441999 वा इमर्जेन्सी सेवा नं. 9999 ​मा सम्पर्क गर्ने।
२। मलाइ कोभिड-१९ को लक्षण (रूघा/खोकी, श्वास प्रस्वासमा समस्या, ज्वरो) देखिएमा के गर्ने ?
➢ नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गर्ने
३। कोभिड-१९ को परीक्षण कहाँ गरिन्छ ?
➢ कृपया के ध्यान दिनुहोला भने व्यक्तिको इच्छा भन्दा पनि चिकित्सकको सिफारिशमा मात्र यसको परीक्षण गरिन्छ।प्राथमिक परीक्षणको लागि देहायका केन्द्रहरूमा जान सक्नुहुनेछः
सुरमा
सुर अस्पतालः 25561372/25561180
सुर पोलिक्लिनिकः 25540326
सुर स्वास्थ्य केन्द्रः 25542286/25543996
मस्कटमा
सम्पूर्ण सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरू
मस्कट प्राइभेट अस्पतालः 24583600
स्टार केयर अस्पतालः बर्का (26982200)/सिब (24557200)/ ​​​​​ बौशर (22507777)
बुर्जिल अस्पतालः 24399777
एन् एम् सि अस्पतालः गोब्रा (244504000)/रूवी (24811706)/ ​​​​ सिब (24269222)
राष्ट्रिय प्रयोगशालामा यसको परीक्षण निःशुल्क हुनेछ।
रोयल ओमान पोलिस
अप्रिल १ २०२०
अर्को सूचना जारी नहुन्जेलसम्म मात्रा विलायत पूर्णरूपमा बन्दा बन्दी गर्ने बारे सूचना
कोरोनाभाइरसको रोकथामका लागि विभिन्न आधिकारिक निकायहरूसँगको समन्वयमा रोयल ओमान पोलिसले देहायबमोजिमका निर्णयहरूगरेको छः
मात्रा रूवी हम्‌रिया अल वादी कबिर दारसाइटका केही भागहरू जाने रोडहरूमा गाडीहरू पूर्णरूपमा बन्द गरिएको छ।
ट्रक आपूर्ति आधारभूत तथा स्वास्थ्य सेवा जस्तै इन्धन सरसफाइका सामानहरूको प्रवेश नियमित हुनेछ।