लगानी सम्मेलन 2019

1. मिति 2019/03/29-30 मा नेपालमा सम्पन्न भएको ‘ लगानी सम्मेलन 2019’ मा ओमानका State General Reserve Fund का President H.E. Abdul Salam M. Al Murshidi नेतृत्वको Delegation र Oman Chamber of Commerce का प्रतिनिधिज्यूहरुले सहभागिता जनाउनुका साथै सो अवसरमा नेपालका सम्माननीय प्रधानमन्त्री, माननीय अर्थमन्त्री, माननीय परराष्ट्रमन्त्री तथा अन्य उच्च पदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै शिष्टाचार भेटगरी नेपाल ओमान सम्बन्धका द्बिपक्षीय मुद्दाहरुको विषयमा छलफल गर्नुका साथै नेपालमा लगानी गर्ने ईच्छा व्यक्त गर्नुभयो।
उक्त Event हरूमा ओमानका लागि नेपालका महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूको पनि उपस्थिति रहेको थियो।
2. १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मिति २०१९/०३/09 मा सुल्तानेट अफ ओमनकी Her Highness साइदा बास्माज्यूद्बारा हुर्मुज ग्रान्ड मस्कटमा आयोजित कार्यक्रममा महामहिम राजदूतज्युले सहभागिता जनाउनुभयो।
ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्युले मिति २०१९/03/10 मा ओमानस्थित चेम्बर अफ कमर्समा आयोजित बैठकमा सहभागिता जनाउनुभई नेपालमा सम्पन्न हुन गइरहेको ‘ लगानी सम्मेलन 2019’ तथा लगानीको वातावरणका सम्बन्धमा संक्षेपमा प्रकाश पार्नुभयो। उक्त अवसरमा महामहिम राजदुतज्यूले नेपालको आर्थिक-सामाजिक उन्नति र नेपाल सरकारले अवलम्बन गरेको ‘ समृद्ध नेपाल, सुखी नेपाली ‘ को अवधारणाका बारेमा जानकारी प्रस्तुत गर्नुभयो।
मुख्यतया ओमानको चेम्बर अफ कमर्सले लगानी सम्मेलनका बारेमा जानकारी लिने तथा सो सम्मेलनमा सहभागिताका लागि आवश्यक तयारी गर्ने उद्देसश्यअनुरुप उक्त बैठक आयोजना गरिएको थियो।
बैठकको समापनपछि सहभागीहरुको लागि Oman Chamber of Commerce द्बारा Food Refreshment Program आयोजना गरिएको थियो।उक्त कार्यक्रममा नियोगका प्रथम सचिव रोजिना ताम्राकारज्यूको समेत सहभागिता रहेको थियो।
साथै महामहिम राजदूतज्यूले दूतावासमा विभिन्न मितिमा बहुराष्ट्रिय कम्पनीका व्यक्तित्वहरुसँग बैठक आयोजना गरी नेपालमा हुन गइरहेको ‘ लगानी सम्मेलन 2019’ का सम्बन्धमा जानकारी प्रदान गर्नुका साथै उक्त सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा दिनुभयो।
3. ओमानका लागि लिवियाली कार्यवाहक राजदूतज्यू साथै लिवियाली Member of Parliament ले मिति 2019/03/11 मा ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूसँग नेपाली राजदूतावास, मस्कटमा शिष्टाचार भेट गर्नुभई द्बिपक्षीय सम्बन्धका बारेमा छलफल गर्नुभयो।
4. मिति 2019/03/13 मा महामहिम राजदूतज्यूले ओमानको परराष्ट्र मामिला मन्त्रालयका प्रशासन तथा आर्थिक मामिलासम्बन्धी सचिवज्युसँग वहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो।सो भेटमा ओमानमा नेपाली दूतावासको आफ्नै भवन निर्माण गर्ने सम्बन्धमा र द्बिपक्षीय सम्बन्ध बारेमा छलफल गर्नुभयो।
5. मिति 2019/03/18 मा महामहिम राजदूतज्यूले आफ्नो कार्यकक्षमा International School of Protocol and Diplomacy का Team Member सँग शिष्टाचार भेट गर्नुभयो।
6. मिति 2019/03/20 मा महामहिम राजदूतज्यूले माननीय लुजाइनाको निमन्त्रणामा आयोजित Breakfast Meeting मा Her Highness को उपस्थितिमा सम्मानित विभिन्न महिलाहरुसँग छलफल गर्नुभयो।
7. मिति 2019/03/25 मा महामहिम राजदूतज्यू स्पेनिस दूतावासमा बिहानी समयमा आयोजित Meeting मा सहभागी हुनुभई छलफलमा द्बिपक्षीय तथा बहुपक्षीय सम्बन्धका बारेमा आफ्ना विचारहरु प्रस्तुत गर्नुभयो।
8. मिति 2019/03/21 मा महामहिम राजदूतज्यूले ओमानका लागि ब्राजिलियन राजदूतज्यूको श्रीमतीले ब्राजिलियन राजदूत निवासमा आयोजना गर्नुभएको Reception मा सहभागिता जनाउनुभयो।