FAQ बारंबार सोधिने प्रश्नहरू

राहदानी (पासपोर्ट) सम्बन्धी

राहदानीको (पासपोर्ट) म्याद कति समय बाँकी भएको अवस्थामा नवीकरण (Renew) गर्न सकिन्छ ?
सामान्यतया पासपोर्टको म्याद एक वर्ष भन्दा कम भएको अवस्थामा पासपोर्ट नवीकरण (Renew) गर्न सकिन्छ । बिस्तृत जानकारीको लागि यो लिंकमा https://om.nepalembassy.gov.np/passport/ हेर्नु हुन ।

विदेशमा रोजगारीमा रहेका कामदारले पासपोर्ट कहाँबाट नवीकरण (Renew) गर्न सक्छन् ?
रोजगारीको सिलसिलामा गन्तव्य मुलुकमा रहेका कामदारहरूले नेपाली राजदूतावासबाट पासपोर्ट नवीकरण (Renew) गर्न सक्छन । समय समयमा हुने पासपोर्ट सम्बन्धी घुम्ति शिविरमा गएर पनि नवीकरण गर्न सकिन्छ ।

राहदानी नवीकरण (Renew) का लागि के के कागजात चाहिन्छ ?
सक्कल पासपोर्ट र नागरिकताको फोटोकपी अनिवार्य चाहिन्छ ।

राहदानी नवीकरण गर्न आउँदा फोटो लिएर आउनु पर्छ कि पर्दैन ?
नेपाली राजदूतावासबाटै अनलाइन प्रविधिबाट फोटो खिचिने भएकाले व्यक्तिले फोटो ल्याउनु पर्दैन ।

राहदानी नवीकरण शुल्क वापत कति रकम तिर्नु पर्छ ?
शुल्क वापत ओमानी रियाल २० बीस लाग्दछ तर पासपोर्ट हराएको वा ड्यामेज भएको अवस्थामा ४० ओमानी रियाल शुल्क लाग्दछ । बिस्तृत जानकारीको लागि यो लिंकमा https://om.nepalembassy.gov.np/passport/ हेर्नु हुन ।

भिसा लाग्नको लागि राहदानीको म्याद न्यूनतम कति हुनु पर्दछ ?
भिसा लाग्नका लागि पासपोर्टको म्याद न्यूनतम ६ महिना हुनु पर्दछ ।

राहदानी बनाउन आउँदा फारम कसरी भर्ने ?
पासपोर्टको अनलाइन आवेदन फारम नेपाली राजदूतावास मस्कटको वेबसाइटमा उपलब्ध छ ।
उक्त फारम आफै वा कोही स्वयंसेवक मार्फत भरेर राजदूतावासमा आँउदा छिटो एवं सजिलो हुन्छ । थप जानकारीका लागि यो लिंक हेर्नु हुन ।
पासपोर्ट बनाउनका लागि राहदानी विभाग नेपालमा पठाउनुपर्ने भएकोले साधारणतया ४५ दिन देखि ६० दिनको समय लाग्दछ ।

पासपोर्ट तयार भएको जानकारी कसरी पाउन सकिन्छ ?
राजदूतावासको आधिकारिक फेसबुक पेजमा पासपोर्ट तयार भएको सूचनामा सम्बन्धित व्यक्तिको नाम सहितको विवरण राखिएको हुन्छ । उक्त फेसवुक पेज हेरेर जानकारी पाउन सकिन्छ ।

नयाँ पासपोर्ट लिनको लागि राजदूतावासमा आउँदा के कस्तो निस्सा ल्याउनु पर्दछ ?
सक्कलै पुरानो पासपोर्ट र राजस्व तिरेको रसिद लिएर आउनु पर्दछ ।

संस्थागत मागपत्र प्रमाणीकरण सम्बन्धी

संस्थागत मागपत्र प्रमाणीकरणका लागि के कस्ता कागजपत्र चाहिन्छ ?
What document should be submitted for Institutional Demand Attestation?
1. Work Permit Approval (Mazunia)
2. Demand Letter attested from Chamber of Commerce and Industry OR the Ministry of Foreign Affairs of Oman
3. Power of Attorney “Attested from Chamber of Commerce and Industry OR the Ministry of Foreign Affairs of Oman”
4. Recruitment/Interparty Agreement between the Company and Recruitment Agency of Nepal. Attested from Chamber of Commerce and Industry or Ministry of Foreign Affairs of Oman
6. Letter of Guarantee : Addressed to Foreign Employment Department of Nepal and Attested from Chamber of Commerce and Industry OR Ministry of Foreign Affairs of Oman
7. Employment Contract: Attested from Chamber of Commerce and Industry OR Ministry of Foreign Affairs of Oman
8. Application for Guarantee and Undertaking addressed to the Embassy of Nepal Copy of the Sponsor’s ID/Residence Permit
9. Copy of Commercial Registration (CR) of Oman
10. Copy of Registration Certificate of Manpower Agency of Nepal
11. Copy of tax clearance Certificate of Manpower Agency of Nepal
12. Permanent Account Number (PAN) registration Certificate of Nepal

यस्ता कागजपत्र पेश गर्नका लागि राजदूतावासमा आउनु पर्छ ?
कागजात पेश गर्न राजदूतावासमा आइरहनु पर्दैन । माथि उल्लेख भएका कागजातहरू तयार गरी सो को स्क्यान कपी राजदूतावासको आधिकारिक अनलाइन लिकमा अपलोड गर्नु पर्छ । उक्त कागजातहरू राजदूतावासले आवश्यक अध्ययन गरी सम्बन्धित व्यक्तिलाई राजदूतावासमा आउनको लागि समय तोक्नेछ । उक्त तोकिएको समयमा सम्बन्धित व्यक्ति आए पश्चात राजदूतावासले निर्णय गर्नेछ ।

कागजात पठाउनका लागि राजदतावासको आधिकारिक (Embassy’s Official online link) कुन हो ?
www.demand.nepalconsular.gov.np

मागपत्र प्रमाणीकरण सम्बन्धी कागजात नेपालबाट पेश गर्न मिल्छ ?
रोजगारदाता कम्पनीले आफ्नो कम्पनीका लागि कामदार माग गर्नै प्रक्रिया भएको हुनाले गन्तव्य मुलुकका सम्बन्धित कम्पनीले मात्रै मागपत्र प्रमाणीकरण सम्बन्धी कागजात पेश गर्नु पर्छ ।

मागपत्र पमाणीकरणका लागि शुल्क कति लाग्छ ?
मागपत्र प्रमाणीकरणका लागि तपसिल बमोजिम दरले शुल्क लाग्छ
२५ जना सम्म कामदारहरूको सङ्ख्या भएमा ९६ रियाल
२६ जना देखि १०० जना सम्म कामदार सङ्ख्या भएमा ११५ ओमानी रियाल
१०१ जना भन्दा बढी कामदारहरूको सङ्ख्या भएमा १३४ ओमानी रियाल

शुल्क वापतको रकम कहाँ र कसरी भुक्तानी गर्न सकिन्छ ?
मागपत्र स्वीकृत भएपश्चात नेपाली राजदूतावास, मस्कटमा वा राजदूतावासको राजस्व खातामा अनलाइन पेमेन्ट मार्फत गन्तव्य मुलुकको सम्बन्धित कम्पनीले रकम भुक्तानी सकिन्छ वा सीधै नगद भुक्तानी गर्न पनि सकिन्छ ।

व्यक्तिगत माग प्रमाणीकरण सम्बन्धी

व्यक्तिगत माग प्रमाणीकरणका लागि कस्ता कागजात चाहिन्छ ? What Document are needed for Individual Demand Attestation?
1. Work Permit Approval (Mazunia)
2. Employment Contract: Attested from Chamber of Commerce and Industry OR Ministry of Foreign Affairs of Oman
3. Offer Letter- attested from Chamber of Commerce and Industry OR the Ministry of Foreign Affairs of Oman
4. Application for Guarantee and Undertaking addressed to the Embassy of Nepal
5. Copy of Employment Visa of the workers
6. Copy of Passport of the workers
7. Copy of the Sponsor’s ID/Residence Permit
8. Copy of Commercial Registration (CR) of Oman
9. Proof of selection/communication
10. Relationship Certification attested by the Consular Services Department, in case of relatives OR Old ID card
OR employment contract, in case of returned workers OR Proof of transfer to Oman if transferred from other countries OR Multinational companies or Request letter from the Government authorities of Oman or foreign Diplomatic Missions (Any one of them)
10. Life Insurance and Medical Insurance Certificates.

कम्पनीले भिसा लगाइदिएको अवस्थामा सिधै विदेश आउन मिल्छ कि मिल्दैन ?
कम्पनीले भिसा लगाइदिएको आधारमा मात्रै सिधै विदेश आउन मिल्दैन । यसको लागि सम्बन्धित कम्पनीले व्यक्तिगत माग प्रमाणीकरण सम्बन्धी कागजातहरू राजदूतावासमा पेश गरी स्वीकृत भए पश्चात मात्र नेपालबाट श्रम स्वीकृति लिएर आउन सकिन्छ ।

पेश गर्नुपर्ने कागजातको नमूना र यसको प्रक्रिया को वारेमा कहाँबाट जानकारी पाउन सकिन्छ?
चाहिने कागजातको नमूना र यसका प्रक्रियाको बारेमा विस्तृत जानकारीका लागि नेपाली राजदूतावासको वेबसाइटमा आवश्यक जानकारी पाउन सकिने छ ।

Individual Demand Attestation Procedures

व्यक्तिगत माग सम्बन्धी कागजात प्रमाणीकरणका लागि राजदूतावासमा शुल्क कति लाग्छ ?
व्यक्तिगत माग सम्बन्धी कागजात प्रमाणीकरणका लागि ३२ रियाल राजस्व तिर्नु पर्दछ ।

शुल्क वापतको रकम कहाँ र कसरी भुक्तानी गर्न सकिन्छ ?
कागजात स्वीकृत भएपश्चात गन्तव्य मुलुकको सम्बन्धित कम्पनीले नेपाली राजदूतावास, मस्कटमा नगद वा राजदूतावासको राजस्व खाता नं मा अनलाइन पेमेन्ट मार्फत भुक्तानी गर्नु पर्छ ।

भिसा भेरिफिकेशन Visa Verification

भिसा भेरिफिकेशनका लागि के कस्ता कागजातहरु चाहिन्छ ?
What document are required for visa verification?
भिसा भेरिफिकेशनका लागि निम्न कागजातहरु आवश्यक पर्दछ ।
1. Request Letter (In company’s letterhead) for Visa
2. Copy of Demand Letter
3. Copy of visa of the workers
4. Copy of passport of the workers
5. Copy of Pre-approval letter from the Department of Foreign Employment of Nepal (DOFE)

के भिसा भेरिफिकेसन सम्बन्धी कागजात पेश गर्न राजदूतावास आउनु पर्छ ?
भिसा भेरिफिकेसनको लागि कागजातहरू लिएर राजदूतावास आइरहनु जरुरी छैन । आवश्यक कागजातहरू स्क्यान गरी सम्बन्धित कम्पनीको आधिकारिक इमेलबाट राजदूतावासको इमेल मा पठाउन सकिन्छ ।
eonmuscatlabour@mofa.gov.np

यसको शुल्क कति लाग्छ र भुक्तानीको प्रक्रिया के हो ?
भिसा भेरिफिकेसन शुल्क वापत ओमानी रियाल १६ लाग्छ । उक्त रकम राजदूतावासमा नगदै वा राजदूतावासको राजस्व खातामा अनलाइन पेमेन्ट माफत जम्मा गर्न सकिनेछ ।

घरेलु महिला कामदार सम्बन्धी प्रश्नोत्तर

ओमान लगायतका खाडी मुलुकहरूमा घरेलु कामदारका रुपमा काम गर्न नेपाल सरकारले बन्देज गरेको छ तर के
भिजिट भिसामा आएर काम गर्न मिल्छ ? भिजिट भिसा वर्किङ भिसामा परिवर्तन हुन्छ ?
भिजिट भिसा घुम्ने प्रयोजनका लागि हो । तसर्थ यस्तो भिसा लगाएर आएपछि निश्चित समय घुमेर फर्कनु पर्दछ । ओमान सरकारबाट जारी भिसा नीति अनुसार भिजिट भिसा वर्किङ भिसामा परिवर्तन हुदैन ।

भिजिट भिसामा तोकिएको समय भन्दा बढी समय बसेको अवस्थामा कस्तो जरिवाना हुन्छ ?
भिसामा तोकिएको म्याद भन्दा बढी समय विदेशी मुलुकमा बस्न मिल्दैन । यदि बसेको खण्डमा प्रति दिन १० ओमानी रियालका दरले र अधिकतम ओमानी रियाल ५०० जरिवाना लाग्दछ ।

कस्ता घरेलु महिला कामदारले बिदामा नेपाल गइ स्वीकृत लिएर ओमान फर्कन सक्छन् ?
सन् २०२२ को जनवरी १४ सम्म ओमान आएका घरेलु महिला कामदारहरू बिदामा नेपाल गएर सोही स्पोन्सरको घरमा फर्कन चाहेमा राजदूतावासबाट अनुसूची ८ को फारम भरी राजदूतावासको सिफारिसमा पुनःश्रम स्वीकृति लिन सक्ने प्रावधान रहेको छ ।

अनुसूचि –८ सिफारिसको लागि के कस्ता कागजातहरू चाहिन्छ ?

  • करार सम्झौता
  • कमिटमेन्ट लेटर
  • लाइफ इन्सुरेन्स र मेडिकल इन्सुरेन्स गरेको प्रमाण
  • कामदारको पासपोर्ट, भिसा र आइ. डि.कार्डको प्रतिलिपि
  • सन् २०२२ जनवरी १४ भन्दा अगाडि ओमान आइसकेको खुल्ने गरी पासपोर्टमा लागेको आवागमन छाप ।
  • रोजगारदाताको ओमानी परिचयपत्रको प्रतिलिपि

घरेलु कामदारहरूले काम गर्ने क्रममा कुनै किसिमको समस्या वा जिज्ञासा भएको अवस्थामा कहाँबाट जानकारी लिन सकिन्छ ?
कुनै किसिमको समस्या वा जिज्ञासा भएको खण्डमा नेपाली राजदूतावासको निम्न हट लाइन नं. मा सम्पर्क गर्न सकिनेछ । ००९६८७१५९२५०६, ००९६८७१५९२४९०

श्रम स्वीकृति सम्बन्धी

श्रम स्वीकृति कसले लिनु पर्छ ?

  •  पहिलोपटक वैदेशिक रोजगारीमा आउने कामदारले अनिवार्य रुपमा श्रम स्वीकृति लिनु पर्छ ।
  •  गन्तव्य मुलुकबाट नेपाल गइ पुनः फर्कने कामदारहरूले पनि श्रम स्वीकृति लिनु पर्दछ ।

बिदामा नेपाल गइ फर्कने सबै कामदारहरूको लागि श्रम स्वीकृति जरुरी हुन्छ ?
श्रम स्वीकृतिको म्याद ९० दिन भन्दा कम हुने कामदारहरूले अनिवार्य श्रम स्वीकृति लिनु पर्दछ । सो भन्दा बढी म्याद हुने हरूको हकमा भने जरुरी छैन ।

श्रम स्वीकृति कहाँबाट लिन सकिन्छ ?

  •  पहिलोपटक वैदेशिक रोजगारीमा आउने कामदारले श्रम तथा रोजगार कार्यालयबाट
  •  पुनः श्रम स्वीकृति श्रम तथा रोजगार कार्यालय वा विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट
  •  व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति स्थानीय पालिका अन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत अनलाइन आवेदनको सेवा लिन सकिनेछ ।

के नेपाली राजदूतावास मस्कटबाट पुनः श्रम स्वीकृति लिन सकिन्छ ?
एक पटक श्रम स्वीकृति लिएर विदेश आएका कामदारहरूले नेपाली राजदूतावासबाट पुनः श्रम स्वीकृति लिन सक्छन । नेपाली राजदूतावास मस्कटले सन २०२३ जुन १ देखी यो सेवा प्रदान गर्दै आएको छ ।

पुनः श्रम स्वीकृतिका लागि नेपाली राजदूतावास आउनु पर्छ वा पर्दैन ?
पुनः श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण काम अनलाइनबाटै हुने भएकाले राजदूतावास आइरहनु पर्दैन । अनलाइनबाटै आवेदन गर्न सकिन्छ ।

पुनः श्रम स्वीकृतिका लागि कुन कुन कागजातहरू चाहिन्छ ?
अनलाइन आवेदन गर्दा निम्न डकुमेन्ट स्क्यान कपी प्रविष्टि गर्नुपर्दछ।
१) तस्विर (Passport Size Photo)
२) तस्विर भएको राहदानीको पेज
३) राहदानीमा लागेको आगमन र प्रस्थान (Arrival/Departure) को विवरण खुल्ने पेजहरू,
४) करार सम्झौता
५) पुरानो श्रम स्वीकृति
६) भिसा
पासपोर्टमा आगमनको छाप नभएको खण्डमा ओमान Entry भएको प्रमाणित हुने कागजात जस्तै ओमानको भिसा, Valid Omani ID वा अन्य कुनै प्रमाण पेश गर्न सक्नुहुनेछ ।

पुनः श्रम स्वीकृतिको लागि फारम भर्ने तरिका के हो ?

  •  वैदेशिक रोजगार विभागको सफ्टवेयर मार्फत आवेदन गर्न सकिनेछ । https://feims.dofe.gov.np/common-login.aspx
  •  सामान्यतया विवरणहरु यस अघिनै श्रम स्वीकृति लिँदा भरिएको हुन्छ . यदि यसअघि विवरण भरिएको छैन भने सिस्टममा पुरै विवरणहरू भर्नु पर्छ । पुरानो विवरणमा केही थपघट गर्नुपर्ने भएमा इडिट प्रोफाइलमा गएर इडिट गर्न सकिनेछ ।

पुनः श्रम स्वीकृतिका लागि देश परिवर्तन गर्न मिल्छ कि मिल्दैन ?
पुनः श्रम स्वीकृतिको लागि देश भने परिवर्तन गर्न पाइदैन ।

पुनः श्रम स्वीकृतिको फारम भर्ने प्रक्रियाको सम्बन्धमा कहाँबाट जानकारी पाउन सकिन्छ ?
फारम भर्ने तरिकाको बारेमा वैदेशिक रोजगार विभागको वेबसाइटमा राखिएको भिडियोबाट आवश्यक जानकारी पाउन सकिन्छ ।

कुन वेभपेज वा सफ्टवेयर मार्फत फारम भर्न सकिन्छ ?
वैदेशिक रोजगार विभागको सफ्टवेयर मार्फत आवेदन गर्न सकिनेछ । https://feims.dofe.gov.np/common-login.aspx
फारम भर्ने तरिका एवं प्रक्रियाको बारेमा वैदेशिक रोजगार विभागको वेबसाइटमा राखिएको भिडियो हेर्नुहोस् ।

फारम भर्दा ध्यान दिनु पर्नै विषयहरू के के हुन ?

  •  सामान्यतया विवरणहरु यस अघिनै श्रम स्वीकृति लिँदा भरिएको हुन्छ
  • यदि यसअघि विवरण भरिएको छैन भने सिस्टममा पुरै विवरणहरू भर्नु पर्छ
  •  पहिले लिएको श्रम स्वीकृतिका आधारमा पुनश्रम स्वीकृति पाइने हो
  •  कतिपय विवरणहरू सिस्टमले पासपोर्ट विभागबाट स्वतः लिएको हुन्छ । जसलाई हामीले कहिल्यै परिवर्तन गर्न सकिदैन

    पुनः श्रम स्वीकृतिका लागि कुन कुन शीर्षकमा रकम जम्मा गर्नु पर्दछ ?
  •  कल्याणकारी कोष (Foreign Employment Welfare Fund)
  •  बीमा (Foreign Employment Insurance)
  •  सामाजिक सुरक्षा कोष (Social Security Fund)

पुनः श्रम स्वीकृतिका लागि जम्मा गर्नुपर्ने रकम कसरी भुक्तानी गर्न सकिन्छ ?
सम्बन्धित व्यक्तिले सोझै विद्युतीय भुक्तानी प्रणाली जस्तै (Connect IPS / ESewa / Khalti) आदि मार्फत पनि तिर्न सकिनेछ।

कस्तो अवस्थामा राजदूतावासबाट पुनः श्रम स्वीकृति लिन सकिदैन ?
पहिले लिएको श्रम स्वीकृतिका आधारमा पुनःश्रम स्वीकृति पाइने हो तसर्थ पुरानो श्रम स्वीकृति लिँदा आँखा वा औँठाछाप (Biometric) दर्ता गर्नुभएको छैन भने अनलाइनबाट पुनश्रम स्वीकृति लिन मिल्दैन।
यसको लागि वैदेशिक रोजगार कार्यालयमा आँखा वा औठाछाप दर्ता भएको हुनुपर्छ।

श्रम स्वीकृति किन जरुरी हुन्छ ?

  • वैधानिकता प्रदान गर्न
  • तथ्याँक, सूचना व्यवस्थापनमा सहयोग
  • कामदारको उद्धारमा सहजताका लागि
  • कानूनले कामदारलाई दिएको विभिन्न किसिमका छुट सुविधाको उपयोग गर्न
  • वैदेशिक रोजगार वोर्ड सचिवालयबाट प्राप्त हुने सुविधा प्राप्त गर्न
  • सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका कामदारहरुलाई वैदेशिक रोजगार वोर्डबाट कस्तो किसिमको सुविधा उपलब्ध हुन्छ ?

  •  अंगभंग भएका कामदारहरुलाई अंगभंगको प्रकृति अनुसार ३ देखि १०० प्रतिशत सम्म आर्थिक सहायता प्रदान गर्ने
  •  गम्भीर विरामी परेका कामदारहरुलाई आर्थिक सहायता –जस्तै मुटुरोग, मृगौला सम्बन्धी रोग
  • कामदारको मृत्यु भएमा गन्तव्य मुलुकमा अलपत्र परेका शव नेपाल लैजान वजेटको व्यवस्था गर्ने
  •  त्रि.वि. विमानस्थलबाट घर ठेगाना सम्म (नजिकको मोटरबाटो) सम्म शव ढुवानीको व्यवस्था
  •  आश्रित परिवारलाई सात लाख रुपैया सम्म क्षतिपूर्ति
  •  छोराछोरीलाई छात्रवृत्ति सहायता

ओमानको श्रम कानून

विदेशी कामदारहरूका सन्दर्भमा श्रम कानुनका प्रमुख प्रावधानहरू के के छन् ?

  •  सन् २०२३ जुलाइ २५ मा  नयाँ श्रम कानून जारी भएको छ ।
  •  यसले पुरानो श्रम कानुन The Labour Law(2003) लाइ प्रतिस्थापन गरेको छ
  •  उपदान पाउने साविकको व्यवस्थामा परिवर्तन गरेर बचत प्रणाली लागु गर्ने र त्यो रकम कामदारले एकमुष्ठ पाँउने व्यवस्था गरेको छ ।• रोजगारदाताबाट कामदारले पोस्ट सर्भिस ग्रेच्युटीको रकम पाउनेछ
  •  पहिलो तीन वर्षको सेवाको -प्रत्येक वर्षको लागि पन्ध्र दिनको ज्याला र त्यसपछिका वर्षहरूमा प्रत्येक वर्षको लागि एक महिनाको तलब बराबर उपदानको हकदार हुनेछ
  •  आफ्नो सेवा अवधि र अन्तिम आधारभूत ज्याला (Basic salary)को अनुपातमा वर्षको अंश उपदानको गणनाको लागि आधार मानिने
  •  सेवाको अवधि एक वर्षभन्दा कम भएमा उक्त उपदान दिइने छैन।
  •  कुनैपनि कामदारलाई फोर्सफूल्ली रुपमा काममा लगाउन र निकाल्न पाइने छैन ।
  •  कम्पनीले कुनै कामदारलाई फोर्सफूल्ली काममा लगाउन पाउने छैन ।
  •  कामबाट निकाल्यो भने कामदारले ३० दिन भित्र लेबर कोर्टमा उजुरी गर्न सक्छ ।
  •  कुनै पनि कर्मचारीलाई वर्ग, जाति एवं लैङ्गिक आधारमा भेदभाव गरेर कामबाट निकाल्न पाउने छैन ।
  •  कामदार बर्खास्ती गलत भएको प्रमाणित भएमा कम्पनीले पुनः काममा फर्काउनु पर्ने वा ३ देखि १२ महिना सम्मको क्षतिपूर्ति भराउन सक्ने प्रावधान रहेको ।
  • करार सकिएको ६० दिन भित्र गैर ओमानी कामदारलाई घर पठाउनु पर्नेछ ।गैर ओमानी कामदारलाई भनी छुट्याइएको काम बाहेक अन्य काममा ओमानी कामदारलाई प्राथामिकता दिइने छ ।
  • बिदामा रहेको कामदारको कम्पनीले करार खारेज गर्यो भने विदा सकिएको दिनबाट गणना सुरु हुनेछ ।
  • कम्पनीले २ महिना भन्दा बढी अवधिको तलब दिएको छैन भने सम्बन्धित व्यक्तिले काम छोड्न सक्छ ।
  • २०० जना भन्दा वढी कामदार हुने कम्पनीमा अनिवार्य रुपमा नर्स राख्नुपर्नेछ ।
  • कम्पनीले कामदारको पासपोर्ट वा पर्सनल डकुमेन्ट होल्ड गरेर राख्न पाउदैन ।
  • कामदार बिरामी भएर काममा आउन नसकेको हो भने त्यसको मेडिकल सर्टिफिकेट पेश गर्नुपर्नेछ । त्यस सम्बन्धी निर्णय सम्बन्धित निकायले गर्नेछ ।
  • कम्पनीले दुइ महिना भन्दा बढी समयावधिको तलब दिएको छैन भने कामदारले काम छोडन सक्छ तर यसरी काम छोडदा पनि सुविधा भने कटौति हुदैन ।

कामदारको कार्यसमय बिदा सम्बन्धी व्यवस्था
• कामदारलाई दिनको ८ घण्टा र हप्ताको ४० घण्टा भन्दा वढी काममा लगाउन नपाइने ।
• यो भन्दा वढी समय काममा लगाउदा ओभरटाइम सुविधा दिनु पर्ने ।
• ओभरटाइम सुविधा दिएर पनि दिनको बाह्र घण्टा भन्दा वढी काममा लगाउन नपाइने ।
• रमदानको समयमा कार्यसमय  दिउसोको काममा तलवमा पच्चिस प्रतिशत थप गरेर ओभरटाइम सुविधा र रातिको समयमा पचास प्रतिशत थप हुने
विदा सम्बन्धी व्यवस्था
सेवा अवधि ६ महिना पुरा भएको कामदारले वर्षमा तीस दिनको बिदा पाउने ।
आतेजाते प्लेन टिकट
घर जान चाहेमा आतेजाते प्लेन टिकट कम्पनीले उपलब्ध गराउनु पर्छ ।

अधिकृत वारिसनामा प्रमाणीकरण

घर जग्गा वा सम्पत्ति बेच बिखन गर्न वा सम्बन्ध बिच्छेद गर्न वा अन्य कार्यका लागि  अधिकृत वारेसनामा प्रमाणीकरण गर्न के गर्नु पर्छ होला? 

नेपाली नागरिकको हकमा अधिकृत वारिसनामा दिने (नेपाली नागरिक) ले महामहिम राजदूतको रोहवरमा अधिकृत वारेसनामामा सहीछाप गर्नुपर्ने हुनाले समय लिएर मात्र राजदूतावासमा आउनु हुन अनुरोध छ ।
आवश्यक कागजातः
 नेपाली कागजमा रितपूर्वक (नेपालमा कानून व्यवसायीको सहयोगमा) तयार पारिएको अधिकृत वारिसनामा २ प्रति, लिने र दिने दुवैको फोटो टाँस गरिएको हुनुपर्नेछ।
 अधिकृत वारिसनामा दिनेको सक्कल नागरिकता र सक्कल राहदानी
 अधिकृत वारिसनामा लिनेको सक्कल नागरिकता वा नोटरी पब्लिकबाट प्रमाणित नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
 जग्गाको हकमा चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको सक्कल वा नोटरी पब्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्नेछ।
 जग्गाधनी प्रमाणपत्रको सक्कल प्रति।
 अधिकृत वारिसनामा दिने र लिने दुबैको हालसालै खिचिएको २/२ प्रति फोटो।
 किनारा साक्षीमा दुई जनाको नाम थर, ठेगाना र सही।
 अधिकृत वारिसनामा दिने र लिने दुवैको हस्ताक्षर तथा दाहिने हातको बुढी औलाको रेखात्मक छाप (ल्याप्चे सहिछाप) भएको दूतावासलाई सम्बोधित रीतपूर्वक (नेपाली कानून व्यवसायीको सहयोगमा तयार गरिएको) निवेदन ।
 ओमानको लेबर कार्ड र सो को प्रतिलिपि।
 अधिकृत वारिसनामा प्रमाणित वापतको राजश्व – कागजातको प्रकार अनुसार १६ र २ रियाल )

कार्यालय समय र बिदा सम्बन्धी जानकारी

राजदूतावास खुल्ने समय के होला ?
–आइतवार देखि बिहिवार सम्म– बिहान ८ बजे खुल्ने र दिनको ३ बजे बन्द हुने ।
–शुक्रवार र शनिवार–सार्वजनिक बिदा भएकोले कार्यालय बन्द रहने ।

नेपाली राजदूतावासमा मस्कट वार्षिक सार्वजनिक बिदा हुने दिनहरु कुन कुन हुन ?
यो लिंकमा वार्षिक सार्वजिनक विदाको विवरण राखिएको हुनाले यही लिंक हेर्नुहुन अनुरोध छ ।

Embassy Holidays

ओमानको श्रम कानून विस्तृत रुपमा कहाँ पढ्न पाइन्छ ?
ओमानको श्रम कानून विस्तृत रुपमा हेर्ने भएमा यो लिंकमा गएर हेर्न सक्नुहुनेछ ।

Royal Decree 53/2023 Promulgating the Labour Law

नेपाली राजदूतावास मस्कटको कामसँग सम्बन्धित विषयमा कसलाई सम्पर्क गरी जानकारी पाउन सकिन्छ ?
तलको लिंकमा गएर हेर्नुहोला ।

CONTACT

Undated on August 04, 2024