सूचना

सूचना
ओमानमा सकृय सम्पूर्ण संघ-संस्थाहरुलाई आफ्नो संस्था सम्बन्धी यसै सूचना साथ संलग्न ढाँचा बमोजिमको विवरण मिति २०७५ जेठ १५ गते तद्अनुसार २९ मे २०१८ भित्रमा नेपाली राजदूतावास, मस्कटमा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।
उक्त विवरण ओमानमा सकृय संघ-संस्थाहरुको विवरण दूतावासमा अद्यावधिक गर्ने प्रयोजनका लागि माग गरिएको व्यहोरा समेत जानकारी गराइन्छ।
(यस सम्बन्धी अन्य कुनै थप जानकारी आवश्यक परेमा राजदूतावासमा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ।)
नेपाली राजदूतावास
मस्कट, ओमान
२०७५/१/१२