सम्बन्धित सबैको जानकारीका लागि :

उपरोक्त सम्बन्धमा ओमनका लागि नेपाली राजदूत महामहिम शर्मिला पराजुली ढकालज्यूले देहायबमोजिमका गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउनुभएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।
१८ नोभेम्बर २०१९ मा महामहिम राजदूतज्यूले ओमान अधिराज्यको ४९ औं राष्ट्रिय दिवसको अवसरमा साइद बिन सुल्तान नवसैनिक अखडामा आयोजना गरिएको सैनिक परेडको अवलोकन गर्नुभयो । ओमानका। राजा मौसुफ सुल्तान काबुस बिन साइदको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सो कार्यक्रममा ओमान सरकारका उच्च पदस्थ अधिकारीहरुसँगै ओमानका लागि विभिन्न मुलुकका राजदूतहरूको उपस्थिति रहेको थियो
०३ नोभेम्बर २०१९ मा महामहिम राजदूतज्यूले ओमनको परराष्ट्र मन्त्रालय अन्तर्गतको कुटनीतिक संस्था (Diplomatic Institute) का निर्देशक महामहिम डा. जैनव अलि सायद अल कास्मीसँग उहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिमले नेपालको परराष्ट्र मामिला अध्ययन केन्द्र (IFA) र यहाँको कुननीतिक संस्थाबीच एक द्विपक्षीय सम्झौता गर्ने प्रस्ताव पेस गर्नुभयाे । उक्त भेटमा महामहिमहरूबीच आपसी समझदारी तथा समन्वयको विषयमा छलफल भयाे ।
०७ नोभेम्बर २०१९ मा महामहिम राजदूतज्यूले ओमनको स्वास्थ्य मन्त्री महामहिम अहमद अल सायदीको प्रमुख आतिथ्यतामा बदर अल समा अस्पतालले अल बुस्तान प्यालेसमा आयोजना गरेको एक कार्यक्रममा सहभागिता जनाउनुभयो।
०६ सेप्टेम्बर २०१९ मा महामहिम राजदूतज्यूले एपोलो अस्पताल, मस्कटमा आयोजना गरिएको क्यान्सर सचेतना सम्बन्धी कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनुभयो ।
०९ सेप्टेम्बर २०१९ मा महामहिम राजदूतज्यूले ओमनका लागि कोरियाका राजदूत महामहिम श्री किम चाङ क्युलाई कोरियन दूतावासमा समकक्षी भेटघाट गर्नुभयो । उक्त भेटघाटमा महामहिमहरूबीच कोरियाले नेपाललाई पुर्याएको सहयोग तथा हाल निर्माणाधिण आयोजनाहरूबारे छलफल भयो । महामहिम राजदूतज्यूले कोरिया सरकारको उक्त सहयोगका लागि कृतज्ञता प्रकट गर्नुभयो।
१३ सेप्टेम्बर २०१९ मा महामहिम राजदूतज्युले ओमनस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख श्री अक्जमिल महबुबलाई उहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो । उक्त भेटघाटमा यही डिसेम्बरमा मस्कटमा विश्व स्वास्थ्य संगठनले आयोजना गर्ने Non Communicable Diseases सम्बन्धि सम्मेलनमा नेपाललाई निमन्त्रणा गर्दै उक्त बैठकको तयारी सम्बन्धि छलफल भयो।
१५ सेप्टेम्बर २०१९ मा महामहिम राजदूतज्यूले उहाँको निवासमा श्री संजय साईबाबालाई स्वागत गर्नुभयो ।
उक्त कार्यक्रममा विभिन्न देशका करिब ३५ जना समाजसेवी, व्यवसायी सरिक हुनुभएकाे थियाे ।
कार्यक्रममा महामहिमज्यूले साईबाबा लगायत अतिथिहरूलाई स्वागत गर्दै सानो मन्तव्य राख्नुभयो भने उपस्थित समाजसेवीहरूले छोटो परिचयात्मक मन्तव्य राख्नुभयो ।
२३ सेप्टेम्बर २०१९ मा महामहिम राजदूतज्यूले ओमन क्रिकेट एकेडेमीमा आयोजना गरिएको पुरस्कार वितरण समारोहमा अतिथिको रुपमा उपस्थिति जनाउनुभयो । उक्त अवसरमा ओमन क्रिकेटका संरक्षक मौसुफ साइद हाइथम विन तारिक अल् साइद पनि उपस्थित हुनुहुन्थ्यो।
१८ सेप्टेम्बर २०१९ मा महामहिम राजदूतज्यू बेलायतका राजदूत महामहिम श्री कावेल हामीसले आयोजना गर्नुभएको अनौपचारिक रात्री भोजमा सरिक हुनुभयो।
२९ सेप्टेम्बर २०१९ मा महामहिम राजदूतज्यूले ओमनका लागि हंगेरीका राजदूत महामहिम श्री टिबोर स्तामरीलाई आफ्नै कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो । उक्त भेटमा महामहिमहरूबीच आपसी समझदारी तथा समन्वयको विषयमा छलफल भएकाे थियाे ।
१ अक्टोबर २०१९ मा महामहिम राजदूतज्यूले योगविज्ञ श्री बि. के. जयन्ती कृपालानीलाई नेपाली राजदूतावासमा भेट्नुभयो । उक्त भेटघाटमा श्री जयन्तीले योग विज्ञानबारे पछिल्लो विकास तथा प्रयोगहरूबारे महामहिमज्यूलाई जानकारी गराउनुभयो। श्री जयन्ती ‘अाेम शान्तिको यूरोप र मध्य पूर्व क्षेत्रीय निर्देशक हुनुहन्छ।
६ अक्टोबर २०१९ मा महामहिम राजदूतज्यू भारतीय राजदूतको निमन्त्रणामा महात्मा गान्धीको जन्मदिनको १५० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुभयो । उक्त कार्यक्रममा संयुक्त राष्ट्र संघको विश्व अहिंसा दिवसलाई समेत संयुक्त रूपमा मनाइएको थियो।
१७ अक्टोबर २०१९ मा महामहिम राजदूतज्यू नेपाली चलचित्र `ए मेरो हजुर ३´ को ओमनमा गरिएको विशेष प्रदर्शनीमा सरिक हुनुभयो। उहाँसँगै श्रीलंका, कोरिया, यु.ए.ई., भारत लगायत अन्य देशका राजदूतहरू पनि उपस्थित हुनुहुन्थ्यो।
२२ अक्टोबर २०१९ मा महामहिम राजदूतज्यूले ओमनका लागि कतारका नयाँ राजदूत महामहिम श्री शेख जसिम अल थानीलाई डिप्लोम्याटिक क्लबको तर्फबाट एअरपोर्टको अति विशिष्ट कक्षमा स्वागत गर्नुभयो।
५ अक्टोबर २०१९ मा महामहिम राजदूतज्यूले नेपाली समाज ओमानले आयोजना गरेको तिहार सम्बन्धि विशेष सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनुभयो ।