मिति 2076 मंसिर 16मा ओमानको राष्ट्रिय संग्रहालयमा, नेपालको राष्ट्रिय संग्रहालय र ओमानको राष्ट्रिय संग्रहालयबीच द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भयो।

मिति 2076 मंसिर 16मा ओमानको राष्ट्रिय संग्रहालयमा, नेपालको राष्ट्रिय संग्रहालय र ओमानको राष्ट्रिय संग्रहालयबीच द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भयो।
समझदारी पत्रमा नेपाल राष्ट्रिय संग्रहालय छाउनीका प्रमुख श्री जयराम श्रेष्ठज्यू तथा ओमान राष्ट्रिय संग्रहालय ओमानका महानिर्देशक श्री जमल बिन हसन अल मोवासीज्यूले हस्ताक्षर गर्नुभयो।नेपाल र ओमानको राष्ट्रिय संग्रहालयका बिचमा एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने, मानव स्रोतसाधनलाई सबलीकरण गर्ने तथा संग्रहायल व्यवस्थापनमा आपसी सहयोग गर्ने विषयलाई समझदारी पत्रमा उल्लेख गरिएको छ।
ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको थियो।उक्त कार्यक्रममा पुरातत्त्व विभाग नेपालका नि. महानिर्देशक श्री दामोदर गौतमज्यू, नेपाली राजदूतावास ओमानका कर्मचारीहरू राष्ट्रिय संग्राहलय ओमानका कर्मचारीहरु तथा अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो।
मिति 2076 मंसिर 17 गते मंगलबारका दिन ओमान स्थित विभिन्न देशका राजदूतहरु, कूटनीतिक कर्मचारीहरु, विद्यार्थीहरु तथा अन्य सर्वसाधारणहरूको उपस्थितमा राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय प्रमुख श्री जयराम श्रेष्ठले नेपालको राष्ट्रिय संग्रहालयको सम्बन्धमा एक प्रस्तुतीकरण दिनु भएको छ।
आगामी दिनमा ओमानको राष्ट्रिय संग्रहालयका निर्देशकले नेपाल भ्रमण गर्ने तथा नेपालको राष्ट्रिय संग्रहालयको आयोजनामा ओमानमा एक संग्रहालयसम्बन्धी प्रदर्शनी गर्ने योजना समेत रहेको छ।
नेपाली राजदूतावास मस्कट, ओमान।
2076 मंसिर १८ (तदअनुसार 04 डिसेम्बर 2019)