मिति २०७८ जेठ १ गते शनिबार नेपाली राजदूतावास, मस्कटको सक्रियतामा नेपाली सोसल क्लब ओमान, गैरआवासीय नेपाली संघ (एन आर एन ए)को नेतृत्वमा खाडी क्षेत्रमा रहेका नेपाली समुदायबाट …

मिति २०७८ जेठ १ गते शनिबार नेपाली राजदूतावास, मस्कटको सक्रियतामा नेपाली सोसल क्लब ओमान, गैरआवासीय नेपाली संघ (एन आर एन ए)को नेतृत्वमा खाडी क्षेत्रमा रहेका नेपाली समुदायबाट आर्थिक संकलन गरी खरिद गरिएका ५६० थान खाली अक्सिजन सिलिन्डरहरू नेपाल वायुसेवा निगमको जहाज मार्फत नेपाल पुगेर सोही साँझ स्वास्थ्य मन्त्रालयमार्फत अत्यावश्यक स्थानहरूमा ढुवानी गर्न शुरू भइसकेको छ। कोरोना भाइरस (कोभिड-19) महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्ध नहुने र तत्काल खरिद गर्नुपर्ने स्वास्थ्य सामग्री/उपकरण खरिद गरी पठाउन नेपाल सरकार, मन्त्रिपरिषदको निर्देशन अनुरूप यस दूतावासले नेपाली सोसल क्लब ओमानसँग सहकार्य गरी खरीद गरिएका उक्त सिलिण्डरहरूको ढुवानी खर्च नेपाल सरकारले व्यहोरेको सबैमा जानकारी गराउँदछौं।
यो सहकार्यले नेपालमा दिन प्रतिदिन बढ्दै गइरहेको अक्सिजनको अत्याधिक मागलाई केही हदसम्म भरथेग गर्न सहयोग पुग्ने छ भन्ने हाम्रो विश्वास छ। खाडी क्षेत्रमा रहेका नेपाली समुदायले मातृभूमि प्रतिको जिम्मेवारी बोद्य गर्दै मानव जीवनको रक्षाका लागि पुर्याउनु भएको यस योगदान अतुलनीय छ।
राष्ट्रले आवश्यक ठानेको अवस्थामा प्रतिकूल समयको बावजुत अविलम्ब सहयोग अभियान सफल वनाउन तदारूकताका साथ हरपल खट्नुहुने नेपाली सोसल क्लब ओमान तथा गैरआवसीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समिति, क्षेत्रीय समन्वय समिति र राष्ट्रिय समन्वय समितिलाई विशेष धन्यबाद व्यक्त गर्दछौं । साथै यस अहम् समयमा सम्पूर्ण प्रक्रृयाहरू सम्पन्न गरी समयमै नेपालमा सिलिण्डरहरू पुर्याउन सहयोग गर्ने नेपाल सरकार तथा ओमान सरकारका पदाधिकारीहरू समेत विशेष धन्यवाद व्यक्त गर्दछौं।
यस पुनित अभियानमा सहभागी हुने नेपाली संघसंस्था र श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाईहरूको यस योगदानप्रति नेपाली दुतावास उच्च सम्मान प्रकट गर्दछ।आगामी दिनमा पनि लोककल्याणकारी कार्यमा यस दूतावासले सक्रियतापूर्वक सहकार्य/समन्वय गर्ने प्रतिबद्धता गर्दछ।
नेपाली राजदूतावास
मस्कट, ओमान
207८ जेठ 02 गते, आइतबार।