महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले सम्पन्न गर्नु भएको कूटनैतिक भेटघाट तथा अन्य कार्यक्रमबारे सबैको जानकारीका लागि ।

1. मिति २०२१।०२।२५ मा ओमानका लागि नेपालका महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि यमनका महामहिम राजदूत डा. खालिद विन सलेह विन सतीफज्यूलाई नेपाली राजदूतावास मस्कटमा स्वागत गर्नुभयो।
2. मिति २०२१।०३।०१ मा महामहिम राजदूतज्यूले ओमानको परराष्ट्र मन्त्रालयको संयोजनमा ओमानस्थित कूटनीतिक क्लबमा आयोजना भएको “ National Campaign for Human Trafficking” विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागिता जनाउनुभयो।
3. महामहिम राजदूतज्यूले मिति २०२१।०३।०१ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित “ Women Leadership for Rapid Economic Development of Nepal” विषयक कार्यक्रममा सहभागी भई आफ्ना विचारहरू व्यक्त गर्नुभयो।
4. मिति २०२१।०३।०७ मा महामहिम राजदूतज्यूले ओमानस्थित रोमानिया दूतावासका कार्यवाहक राजदूत श्री मिर्सी चिटकज्यूलाई नेपाली राजदूतावास, मस्कटमा स्वागत गर्नुभयो।
5. मिति २०२१।०३।१५ मा महामहिम राजदूतज्यूले ओमानको परराष्ट्र मन्त्रालयका कूटनीतिक मामिला सचिव महामहिम शेख खालिफा विन अलि अल हार्थीज्यूसँग द्बिपक्षीय सम्बन्धका महत्वपूर्ण विविध विषयहरूमा छलफल गर्नुभयो।
6. मिति २०२१।०३।१५ मा महामहिम राजदूतज्यूले ओमानको ऊर्जा तथा खानी मन्त्रालयका सचिव महामहिम ई. सलिम विन नासेर अल अफीज्यूँग ऊर्जा तथा खानीको क्षेत्रमा नेपाल र ओमान बीचको सहकार्य सम्बन्धमा छलफल गर्नुभयो।
7. मिति २०२१।०३।२६ मा महामहिम राजदूतज्यूले ओमानस्थित गैर आवासीय नेपाली सोसल क्लबको साधारण सभामा वेविनार मार्फत प्रमुख अतिथिको रूपमा सहभागी भई पुरानो कार्य समितिलाई बधाई तथा नयाँ कार्य समितिलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो।
8. महामहिम राजदूतज्यूले मिति २०२१।०४।०१ मा ओमानका लागि ट्यूनिसियका महामहिम राजदूत एजेड्डिन एटिसज्यूसँग आफ्नै कार्यकक्षमा भेटवार्ता गर्नुभयो।
9. मिति २०२१।०४।०५ मा महामहिम राजदूतज्यूले बहराइन दूतावासद्बारा “International Conscience Day” को अवसरमा आयोजित वेभिनारमा सहभागिता जनाउनु भई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति कायम राख्न नेपालले खेलेको भूमिकाका सम्बन्धमा चर्चा गर्नुभयो।
10. मिति २०२१।०४।११ मा महामहिम राजदूतज्यूले ओमानका State Council Member तथा ओमानस्थित Infrastructure, Technology, Industrial & Consumer Solutions (ITICS) at Mohsin Haider Darwish LLC का Chairperson Honorable Lujaina Mohsin Haider Darwish तथा Automotive, Construction Equipment & Renewable Energy (ACERE) cluster of MHD LLC. का Chairperson Mrs. Areej Mohsin Haider Darwish ज्यूसँग भेट गर्नुभयो।
11. मिति २०२१।०४।१२ मा महामहिम राजदूतज्यूले मस्कटस्थित Mumtaz Tea को भ्रमण गर्नुभयो।
12. मिति २०२१।०४।१४ मा महामहिम राजदूतज्यूले नेपाली नयाँ वर्ष संवत् २०७८ सालको पावन अवसरमा Overseas Nepali Unity Forum International Committee को आयोजनामा सम्पन्न नेपालका सम्माननीय प्रधानमन्त्रीज्यू तथा विदेशस्थित सम्पूर्ण नेपाली कूटनीतिक नियोगका प्रमुखज्यूहरूको सहभागिता रहेको कार्यक्रम “Nepalese New Year B.S. 2078 Celebration Ceremony” मा सहभागिता जनाउनु भयो ।