प्रेस विज्ञप्ति

ओमानका लागि महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले मिति २०७८ साउन १२ गते ओमानको श्रम मन्त्रालयका सचिव महामहिम शेख नासेर विन अमिर अल होस्नीज्यूसँग वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो।
उक्त भेटघाटमा महामहिमज्यूहरूबीच श्रमिकहरूको हितका विविध विषयमा छलफल भएको थियो।महामहिम राजदूत ढकालज्यूले नेपाल र ओमानबीच सम्पन्न हुने क्रममा रहेको द्विपक्षीय श्रम सम्झौताको पछिल्लो अवस्था तथा हस्ताक्षर प्रकृया, दूतावासबाट गरिने भिसा प्रमाणीकरणमा परेको जटिलताको सहजीकरण तथा नेपालबाट ओमानमा दक्ष स्वास्थ्यकर्मीहरू उपलब्ध गराउन सकिने लगायत श्रम कूटनीतिका विविध विषयमा आफ्नो धारणा राख्नु भएको थियो भने महामहिम शेख नासेरज्यूले श्रम सम्झौतामा भएको पछिल्लो प्रगतिको जानकारी गराउनु हुँदै कोभिड-19 को महामारीले व्यवसायिक क्षेत्रमा थप जटिलता निम्त्याएकोले श्रम सम्बन्धी विषयहरूमा एक अर्को पक्षसँग हार्दिकताका साथ सहकार्य गर्दै समस्त श्रमिक बर्गहरूलाई हित हुने कार्य गर्नुपर्ने आवश्यकता रहेको भनी आफ्नो विचार राख्दै महामहिमज्यूले राख्नु भएको विषयहरूलाई मन्त्रालयले गम्भीरताका साथ लिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
नेपाली राजदूतावास, मस्कट
२०७८ साउन १३ गते, बुधबार।