प्रेष-विज्ञप्ति

प्रेष-विज्ञप्ति

नेपाली राजदूतावास मस्कट, ओमानको संयोजनमा कोभिड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरूको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077 तथा कार्ययोजना 2077” मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने योजना बमोजिम सलाम एअरको OV-427 को सातौँ चार्टर उडानमार्फत ओमानबाट 175 जना नेपालीहरू (129 पुरूष तथा 46 महिला) आज नेपाल फर्किनु भएको छ।उडान शुरू हुनुपूर्व यात्रामा संलग्न सम्पूर्ण यात्रु तथा चालक दलका सदस्यहरूको 72 घण्टाभित्रको कोभिड-१९ को पि सि आर स्वाब परीक्षणको नतिजा नेगेटिभ रहेको सु-निश्चित गरिएको थियो।विमानस्थलमा सम्पूर्ण नेपालीहरूलाई महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले स्वदेश फिर्तीको लागि उहाँहरूको सफल यात्रा तथा आगामी सुखमय जीवनको लागि शुभकामना व्यक्त गर्नुभयो भने यात्रुहरूले यस अवसर जुटाइदिनुभएकोमा महामहिम राजदूत तथा समस्त दूतावास परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो।यात्रुहरूको यात्रा सहजीकरणको लागि दूतावासका द्बितीय सचिव श्री सोमेश थापा, श्रम सहचारी श्री दिनेश ढकाल, सहचारी श्री अनिल राना लगायत स्थानीय कर्मचारीहरू तथा नेपाली सोसल क्लबका सदस्यहरू, ‌ओमानस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरू लगायत नेपाली राजदूतावास, मस्कट कोभिड-१९ व्यवस्थापन स्वयम्‌सेवी सदस्यहरूको उपस्थिति रहेको थियो।
यो उडानसँगै नेपाली दूतावास ओमानले कोभिड-19 तथा नियमित हवाई उडान नभएको कारणले अलपत्र परेर नेपाली दूतावासमा सम्पर्क गरेकाहरूमध्ये ११78 जना नेपाली नागरिकहरूलाई सकुशल नेपाल फिर्ता गर्न सफल भएको छ। यस क्रममा सहयोग पुर्‍याउने नेपाल सरकारका विभिन्न कार्यालयहरू एवम् सम्बन्धित पदाधिकारीहरू, ओमान सरकारका विभिन्न कार्यालयहरू, सलाम एअरलाइन्स एवम् पदाधिकारीहरू, ओमानस्थित विभिन्न नेपाली संघ संस्थाहरू तथा सम्पूर्ण नेपालीहरूप्रति दूतावास कृतज्ञ छ।
ओमानको सर्वोच्च समितिको निर्णयानुसार आगामी अक्टोवर-1 देखि ओमान अन्तराष्ट्रिय विमानस्थल खुल्ने भएकोले ओमान-नेपालबिच आगामी अक्टोवरबाट नियमित उडान शुरू हुने र सोही उडानहरूबाट पि सि आर लगायत स्वास्थ्य सम्बन्धी आवश्यक प्रोटोकल पुरा गरी सहजरूपमा नेपाल जान सकिने समेत जानकारी गराउँदछौं।
यस सम्बन्धमा केही बुझ्न परेमा वा केही जिज्ञासा भएमा दूतावासको सम्पर्क नम्बरहरूः 71592490/ 24696177/24696883 मा सम्पर्क गर्न अनुरोध छ।
श्री नेपाली राजदूतावास,
मस्कट, ओमान।
2077 असोज ०९ गते, शुक्रबार।