नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले आज ओमनको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अल हार्थीलाई वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो।

नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले आज ओमनको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अल हार्थीलाई वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो। महामहिमहरूबीच सौहार्द्वपूर्ण तथा मैत्रीपूर्ण वातावरणमा छलफल भयो।
उक्त भेटघाटमा महामहिमहरूबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भयो। नेपालका महामहिम राजदूतज्यूले नेपाल र ओमनबीच हुने/भएका विभिन्न सम्झौताहरू, सहकार्यहरू तथा अन्य पारस्पारिक गतिविधिहरूको बारेमा भएको पछिल्लो प्रगतिबारे आफ्नो भनाइहरू राख्नुभयो भने श्रीमान् परराष्ट्र सचिवज्यूले यसरी दुई देशबीच आर्थिक, साँस्कृतिक, लगानी, मानव स्रोत-साधन तथा पर्यटनका विषयमा भएका प्रगतिबारे सन्तोष प्रकट गर्दै आगामी दिनमा त्यसलाई निष्कर्षमा पुर्याउन ओमनको तर्फबाट थप प्रतिवद्धता जाहेर गर्नुभयो।
उक्त बैठकमा ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख महामहिम हिलाल मरहून सलिम अल ममारी समेतको उपस्थिति थियो।
नेपाली राजदूतावास, मस्कट
२०७६ भाद्र १० गते।