जरुरी सूचना!!!!

जरुरी सूचना!!!!
ओमानका सरकारी निकायहरुबाट प्राप्त हुन आएको जानकारी अनुसार ओमानको डोफार प्रदेशको सलाला क्षेत्रमा यो हप्ता सामूद्रिक चक्रवात “मेकुनु” (Cyclone-Mekunu) आउने सम्भावना रहेको ले सो क्षेत्रमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई सुरक्षित रहन तथा साबधानी अपनाउनु हुन नेपाली राजदूतावास, मस्कट हार्दिक अनुरोध गर्दछ। आवश्यक परेको अवस्थामा तल दिइएका फोन नं. हरुमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
नेपाली दूतावास-हटलाइन नं.-71592490
टिका दाहाल-NRN SOCIAL CLUB- सलाला-96631672
ओमान पुलिस- हटलाइन नं.-9999
ओमान पुलिस, सलाला-23290099