ईद-अल-अदाको शुभकामना ।

ईद-अल-अदाको शुभकामना ।
इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद-अल-अदाको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरू तथा देश विदेशमा रहनुहुने सबै नेपालीहरूमा नेपाली दूतावास मस्कट हार्दिक शुभकामना व्यक्त गर्दछ तथा यस पर्वले यहाँहरू सबैमा सुख, शान्ति तथा समृद्धि ल्याओस् भन्ने कामना गर्दछ।
ओमानको सर्वोच्च समितिको निर्णयानुसार ओमानमा कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि 2078 साउन 5-8, मंगलबार देखि शुक्रबारसम्म (तदअनुसार 20-23 जुलाई 2021) पूर्णरूपमा बन्दा-बन्दी (Lockdown) गरिने भएकोले नेपाली दूतावास मस्कट सो समयमा बन्द रहने व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ।
पछिल्लो समयमा ओमानमा कोभिड-19 को कारणले ज्यान गुमाउने नेपालीहरूको संख्या बढ्दै गैरहेकोले कोभिड-१९ को जोखिमबाट बच्न पर्याप्त मात्रामा सामाजिक दुरी कायम गर्न एवम् रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न समेत यहाँ रहनुभएका सम्पूर्ण नेपालीहरूलाई अनुरोध गर्दछौं।
साथै ओमानमा खोप लगाउने कार्यक्रम जारी रहेकोले यहाँ हुनुहुने नेपालीहरूले आ-आफ्नो कम्पनी/स्पोन्सरमार्फत उपलब्ध खोप लगाउनु हुन समेत सबैमा अनुरोध गर्दछौं।
यस दौरानमा दूतावासको अत्यावश्यक सेवा तथा जानकारीको जरूरी परेमा दूतावासको हटलाईन 71592490 मा सम्पर्क गर्न अनुरोध गर्दछौं।
नेपाली राजदूतावास,
मस्कट, ओमान।
2078 साउन ४ गते सोमबार (तदअनुसार 19 जुलाई 2021)