आज मिति 2076/08/27 गते तद अनुसार डिसेम्बर १३, २०१९ मा नेपाल भ्रमण वर्ष 2020 को सचिवालय तथा नेपाली राजदूतावास मस्कटको आयोजनामा ओमानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरु, वुद्धिजीविहरू लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा “नेपाल भ्रमण वर्ष 2020” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भयो।

आज मिति 2076/08/27 गते तद अनुसार डिसेम्बर १३, २०१९ मा नेपाल भ्रमण वर्ष 2020 को सचिवालय तथा नेपाली राजदूतावास मस्कटको आयोजनामा ओमानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरु, वुद्धिजीविहरू लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा “नेपाल भ्रमण वर्ष 2020” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
अल- फलाज होटल मस्कटमा आयोजित उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष 2020 को सचिवालयका उप-सचिव श्री राजन पौडेलले भ्रमण वर्षका सम्बन्धमा भए गरेका काम कारवाहीहरू, तयारीहरू, भ्रमण वर्षको लक्ष्य , उद्देश्यका साथै ब्राण्डिङ्ग गाइडलाइनका विषयमा प्रस्तुतीकरण दिनुभयो।
उक्त कार्यक्रममा नेपाली राजदूतवास मस्कटका महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले कार्यक्रमको दौरानमा सहभागीहरुबाट उठेका जिज्ञासाहरूको सम्बोधन गर्दै नेपाल भ्रमण वर्ष 2020 लाई सफल बनाउन खाडि क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायको महत्त्वपूर्ण भूमिका रहने विषयमा जोड दिँदै ओमानमा यो कार्यक्रमको आयोजना गरेकोमा नेपाल भ्रमण वर्ष 2020 को सचिवालयप्रति आभार व्यक्त गर्नुभयो।साथै महामहिमज्यूले नेपाल भ्रमण वर्ष 2020 को सचिवालयले गैरआवासीय नेपाली संघसँग “ नेपाल भ्रमण बर्ष २०२०” लाई सफल बनाउने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको सन्दर्भमा यसको प्रवर्द्धनका लागि गैरआवासीय नेपालीहरुको महत्त्वपूर्ण योगदान रहनु पर्ने विचार समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी गैरआवासीय नेपाली समुदाय लगायत उपस्थित सम्पूर्ण महानुभावहरुले भ्रमण वर्षको कार्यक्रमको सम्बन्धमा आफ्ना सुझावहरूसहित चासो व्यक्त गर्दै यसको सफलताका लागि आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष सचिवालयका अन्य कर्मचारीहरू, नेपाली राजदूतावास मस्कटका कर्मचारीहरू लगायत ‌ओमानस्थित नेपालीहरू सहित गरी करिब १०० जनाको उपस्थिति रहेको थियो।
नेपाली राजदूतावास, मस्कट
२०७६ मंसिर २७, शुक्रवार (डिसेम्बर १३, २०१९)