आज मिति २०७७/०३/२६ मा नेपाली राजदूतावास मस्कट,ओमानको संयोजनमा
१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश
नेपाली नागरिकहरुको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्वन्धी
आदेश, २०७७ तथा कार्ययोजना २०७७ मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा
व्यवस्थितरुपमा नेपाल लैजाने योजना अनुरुप सलाम एअरको 0४-427 को तेस्रो चार्टर उडान
मार्फत् ओमानवाट १७९ जना नेपालीहरू (१४६ पुरुष तथा ३३ महिला, १ तीन महिनाको शिशु
तया २ नावालक सहित) नेपाल फर्किनु भएको छ। उडान शुरु हुनु पूर्व यात्रीहरू तथा
चालकदलका सदस्यहरूको कोभिड-१९ को पिसिआर स्वाव परीक्षणको नतिजा नेगेटिभ रहेको सु-
निश्चित गरिएको थियो। बिमानस्थलमा नेपाली राजदूतावास मस्कटका महामहिम राजदूत श्री सर्मिला
पराजुली ढकालज्यूले स्वदेश जान लाग्नु भएका नेपालीहरूलाई उहाँहरूको सफल यात्रा तया सुखमय
जीवनको लागि शुभकामना व्यक्त गर्नुभयो। यात्रुहरुको यात्रा सहजीकरणको लागि दूतावासका द्वितीय
सचिव श्री सोमेश थापा, श्रम सहचारी श्री कृष्णा कुमारी गौली, सहचारी अनिल राना लगायत
कूटनीतिक तथा स्थानीय कर्मचारी तया नेपाली सोसल क्लवका सदस्यहरू लगायत नेपाली
राजदूतावास, मस्कट कोभिड-१ ९ व्यवस्थापन स्वयम्सेवी सदस्यहरूको उपस्थिति रहेको थियो।
दूतावासको सक्रियतामा चार्टर उडानमार्फत् शुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त
भएकोमा खुशी व्यक्त गर्दै यात्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको यस कार्यको प्रशंसा
गर्नुभएको वियो। यसै गरी अर्को उडानवारे दूतावासद्वाराचौँडै सूचना जारी गरिनेछ ।