1. 10 नोभेम्बर 2020 मंगलबारका दिन महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले ओमानको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अल हार्थीज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो।
उक्त अवसरमा महामहिमज्यूहरूले द्विपक्षीय हितका विविध विषयमा जस्तै नेपाल र ओमान सरकारबीच हुने तयारी भएको श्रम सम्झौता, पर्यटन क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता, ओमानले 100 वटा देशलाई प्रदान गर्न लागेको फ्रि-भिसा सम्बन्धी, भिसा उन्मुक्ति सम्झौताको कार्यान्वयन तथा नेपाली दूतावासको भवन निर्माणको प्रगति लगायत विषयमा पछिल्लो अवस्थाका बारेमा जानकारी आदान-प्रदान भयो।
2. 10 नोभेम्बर 2020 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यू ओमानको परराष्ट्र मन्त्रालयले नयाँ परराष्ट्र मन्त्री महामहिम सइद बद्र बिन हमाद बिन हमुद अल बुसैदीसँग यहाँस्थित राजदूतहरूलाई आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनुभयो।
उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरू एवम् अन्य देशका ओमानका लागि राजदूतज्यूहरू उपस्थित हुनु भएको थियो।
3. 14 नोभेम्बर 2020 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले आफ्नो कार्यकक्षमा नेपालका ओलम्पिक कमिटिका अध्यक्ष माननीय श्री जीवनराम श्रेष्ठज्यू र महासचिव श्री निलेन्द्रराज श्रेष्ठज्यूलाई नेपाली दूतावासमा स्वागत गर्दै नेपालको अहिलेसम्मको खेलकुद गतिविधिबारे छलफल गरिऐको थियो !
माननीयज्यूहरू 16 डिसेम्बर 2020 मा ओमानमा हुने एसिया ओलम्पिक परिषद्को 39औं महासभामा भाग लिन ओमान आउनु भएको थियो।
5. 15 डिसेम्बर २०२० मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यू ओमानको परराष्ट्र मन्त्रालयले आयोजना गरेको “Human Trafficking Issues” विषयमा भएको अन्तरक्रियामा सहभागी हुनुभयो।उक्त कार्यक्रममा ओमानको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा ओमान स्थित विभिन्न देशका कुटनीतिक नियोगका महामहिमज्यूहरुको उपस्थिति रहेको थियो।
सो अन्तरक्रियामा महामहिम राजदूत ढकालज्यूले ओमानले Human Trafficking मुद्दामा पहल गर्न लागेको कदमको उच्च प्रशंसा गर्नुका साथै Human Trafficking का पिडितहरुका लागि साझा सेल्टरको व्यवस्था गर्ने विषयले पिडितहरुलाई निकै राहत हुने बताउनु भयो।
साथै कार्यक्रममा विभिन्न Labour Sending Country का नियोगहरुबाट प्रतिनिधित्व गर्नु भएका महामहिमज्यूहरुले आ-आफ्नो भनाईहरु राख्नु भयो।
ओमानको परराष्ट्र मन्त्रालयको तर्फबाट अन्तरक्रियामा सहभागीहरुबाट आएका विभिन्न विचार एवं सुझावहरुको स्वागत गर्दै ओमानले Human Trafficking को समस्यालाई न्यूनिकरण गर्न संयुक्त रुपमा पहल गर्नु पर्ने कुरामा जोड दिइएको थियो।
6. 29 डिसेम्बर २०२० मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि लक्जेमबर्गका नवनियुक्त Honorary Consul डा. आदिल अल शाफरीज्यूलाई नेपाली दूतावासमा भेटघाट गर्नुभयो।
उक्त भेटमा वहाँहरूबीच लगानी प्रबर्द्धन, दिपक्षीय व्यपार वृद्धि लगायत विषयहरूमा छलफल भएको थियो।
7. 29 डिसेम्बर २०२० मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि मोरक्कोका राजदूत महामहिम तारिक अल हिसनज्यूलाई नेपाली दूतावासमा भेटघाट गर्नुभयो।
उक्त भेटघाटमा महामहिमहरूबीच ओमानमा कूटनीतिक गतिविधि, कोभिड-19 को अवस्था लगायत दुई देशका सम्बन्धहरूबीच वार्तलाप भएको थियो। महामहिम तारक अल हिसनज्यू कूटनीतिक समुदायको डिन हुनुहुन्छ।
8. 6 जनवरी 2021 मा महामहिम राजदूतज्यू ओमानस्थित साउदी अरबको राजदूत निवासमा आयोजित चियापान कार्यक्रममा सरिक हुनुभयो। महिला कूटनीतिज्ञहरूको समुस्पथितिमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
9. 7 जनवरी 2021 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि सिरियाका राजदूत महामहिम बसाम सैफ इद्दिन अल्ख्तिबज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिमहरूले सिरिया र नेपालको पछिल्लो स्थिति, ओमानलागयत खाडी राष्ट्रहरूमा विकसित परिस्थिति एवम् आपसी हितका साझा मामिलाहरूमा छलफल भएको थियो।
10. 10 जनवरी 2021 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि यमनका राजदूत महामहिम डा. खालिद विन सलेह विन शातेफज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नु भयो। महामहिमज्यूले उक्त भेटमा यमनमा पछिल्लो समय भएको हिंसात्मक घटनाप्रति खेद प्रकट गर्दै नेपाल सधैं शान्तिको पक्षमा रहेको प्रतिवद्धता जाहेर गर्नु भयो।
छलफलमा आपसी हित लगायत अन्य कूटनीतिक विषयहरूमा समेत छलफल भएको थियो।
11. 10 जनवरी 2021 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि दक्षिण अफ्रिकाका राजदूत महामहिम मनाविल शोगोलेज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिमहरूबीच आपसी हितका साझा मामिलाहरू लगायत समसामयिक विषयहरूमा छलफल भएको थियो।
12) 11 जनवरी 2021 मा श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि जापानका राजदूत महामहिम श्री तोसिनोरी कोबयासीज्यूलाई जापानको राजदूतावासमा भेटघाट गर्नभयो। महामहिमहरूबीच उक्त भेटघाटमा नेपाल-जापान सम्बन्ध, आपसी हित र सहयोगका विषयहरूमा विचार आदान-प्रदान भएका थियो।
13) 11 जनवरी 2021 मा श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि फिलिपिन्सकी राजदूत महामहिम श्री इमेल्डा पानोलोङज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो।उक्त भेटघाटमा महामहिमहरूले श्रम बजारको पछिल्लो अवस्था एवम् सहकार्य एवम् अन्य कूटनीतिक विषयहरूमा छलफल गर्नु भएको थियो।