आज नेपाली दूतावास, ओमानका महामहिमज्यू संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आयोजना गरेको webinar कार्यक्रम मार्फत घरेलु कामदारको रुपमा खाडी मुलुकमा रहेका नेपाली श्रमिकको अवस्थाका सम्बन्धमा उपसमितिले तयार गरेको अनुगमन भ्रमण प्रतिवेदन बारे छलफलमा सहभागी हुनु भयो।
छलफलमा महामहिमज्यूले हालसम्म ओमानबाट १००४ जना नेपाली कामदारहरु PCR नेगेटिभ रिपोर्ट सहित दूतावासले समन्वय गरेको चार्टर उडान मार्फत स्वदेश फर्किनु भएको जानकारी गराउनु भयो।
साथै महामहिमज्यूबाट श्रमिकले बिमा गर्दा सुरुमा ३ वर्षको गर्नु पर्ने तर २ वर्षमा पून: श्रम स्वीकृती लिँदा प्रत्येक २ वर्षमा १ वर्षको बिमा रकम बढी तिर्नु पर्दा श्रमिकलाई मर्का परेको, ओमानमा रहेका घरेलु कामदारहरुको बारेमा तथा ओमानमा अलपत्र परेर रहेका कामदारहरुको CCMC को निर्णय अनुसार स्वदेश फिर्ता गर्न सकिने/नसकिने अवस्था र अलपत्र कामदारहरुको शिघ्र उद्दार गर्न चाल्नु पर्ने कदमहरुको बारेमा आफ्ना भनाईहरु राख्नु भयो।
श्री नेपाली राजदूतावास,
मस्कट, ओमान।
२०७७ आश्विन ५ गते, सोमबार।