नेपाली राजदूतावास मस्कट, ओमानको संयोजनमा कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट
उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा “नेपाली
जागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ तथा कार्ययोजना २०७७”
मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने योजना
अनुरुप सलाम एअरको 0४-427 को चौथो चार्टर उडानमार्फत् ओमानबाट १७५ जना नेपालीहरू
(१३७ पुरूष तथा ३८ महिला) आज नेपाल फर्किएका छन्। उडान शुरु हुनुपूर्व यात्रामा संलग्न
सम्पूर्ण यावु तथा चालक दलका सदस्यहरुको कोभिड-१९ को पिसिआर स्वाब परीक्षणको नतिजा
नेगेटिभ रहेको सु-निश्चित गरिएको थियो । विमानस्थलमा सम्पूर्ण नेपालीहरुलाई नेपाली राजदूतावास
मस्कटका महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले स्वदेश फिर्तीको लागि उहाँहरूको
सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गर्नुभयो भने यात्रुहरूले यस अवसर
जुटाइदिनुभएकोमा महामहिम राजदूत तथा समस्त दूतावास परिवारलाई धन्यवाद ज्ञापन
गर्नुभयो । यात्रुहरुको यात्रा सहजीकरणको लागि दूतावासका द्वितीय सचिव श्री सोमेश थापा, श्रम
सहचारी श्री कृष्णा कुमारी गौली, सहचारी अनिल राणा लगायत कूटनीतिक तया स्थानीय कर्मचारी
तथा नेपाली सोसल क्लबका अध्यक्ष, सदस्यहरू लगायत नेपाली राजदूतावास, मस्कट कोभिड-19.
व्यवस्थापन स्वयम्सेवी सदस्यहरूको उपस्थिति रहेको थियो।
दूतावासको संक्रियतामा चार्टर उडानमार्फत् शुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा खुशी
व्यक्त गर्दै यात्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको कार्यको प्रशंसा गर्नुभएको थियो।
यसैगरी अर्को चार्टर उडानवारे दूतावासद्वारा चाँडै सूचना जारी गरिने छ।