आज मिति २०७७।०३।०१ मा नेपाली राजदूतावास मस्कट,ओमानको संयोजनमा कोभिड-
१९ को वि्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश
फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण
गर्ने सम्बन्धी आदेश, २०७७ तथा कार्ययोजना २०७७ मा तोकिएको प्रावधान अनुरुप
प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने योजना अनुरुप सलाम एगरको
0४-427 को पहिलो चार्टर उडानमार्फत् ओमानबाट १६६ यात्रु नेपाल फर्किएका छन्। उडान
शुरु हुनुपूर्व यात्रामा संलग्न सम्पूर्ण यात्रु तया चालक दलका सदस्यहरुको कोभिड-१९ को
'पिसिआर स्वाव परीक्षणको नतिजा नेगेटिभ रहेको सु-निश्चित गरिएको थियो। बिमानस्थलमा
उपस्थित सम्पूर्ण नेपालीहरुलाई नेपाली राजदूतावास मस्कटका महामहिम राजदूत श्री सर्मिला
पराजुली ढकालज्यूले स्वदेश फिर्तीको लागि उहाँहरूको सफल यात्रा तथा सुखमय जीवनको
लागि शुभकामना व्यक्त गर्नुभयो भने यात्रुहरूले यस अवसर जुटाइदिनुभएकोमा महामहिम
राजदूत तथा समस्त दूतावास परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो। यात्रुहरुको यावा
'सहजीकरणको लागि दूतावासका द्वितीय सचिव, श्रम सहचारी लगायत कूटनीतिक कर्मचारी,
स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लबका अध्यक्ष लगायत कोभिड-१९ व्यवस्थापन
स्वयम्सेवी सदस्यहरूको उपस्थिति रहेको थियो।
दूतावासको सक्रियतामा चार्टर उड्डानमार्फत् शुलभ दरमा स्वदेश फर्कने अबसर प्राप्त भएकोमा
खुशी व्यक्त गर्दै याव्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको कार्यको प्रशंसा गर्नुभएको
थियो।
यसैगरी दोस्रो चार्टर उडान जुन १८ मा हुने गरी कार्य प्रक्रिया अगाडि बढाइएको छ।