परराष्ट्र मन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवालीले मध्यपूर्व तथा अफ्रिकास्थित नेपाली नियोगप्रमुखहरूसँग
COVID 19 सङ्कमणको स्थिति, ती मुलुकहरूमा रहेका नेपालीको अवस्था, कोरोना सङ्क्रमणले
अर्थव्यवस्थामा पार्नसक्ने असर तथा सोवाट नेपालीहरूको रोजगारीमा पर्ने सम्भावित प्रभाव जस्ता
विषयमा आज भिडियो कन्फरेन्समार्फत छलफल गर्नुभयो ।
सो अवसरमा नियोगप्रमुखहरूले दूतावास रहेको तथा सहप्रमाणीकृत मुलुकहरूमा भएको सङ्कमणको
अवस्था, त्यहाँको सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदमहरू, नेपाली नागरिकहरूको
अवस्था, दूतावासले नेपाली नागरिकलाई पुन्याइरहेका नियमित र् आकस्मिक सेवा लगायतका
बिषयहरूमा जानकारी गराउनुभएको थियो ।
माननीय परराष्ट्र मन्त्रीले नेपाल सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदमहरूको बारेमा
जानकारी दिँदै नियोगप्रमुखहरूलाई आफू प्रमाणीकृत मुलुकहरूमा भएका सङ्क्रमण सम्बन्धी नियमित
रूपमा प्रतिवेदन गर्ने, नेपालीहरूको स्वास्थ्य, सुरक्षा तथा रोजगार सम्बन्धमा रोजगारदाता कम्पनी तथा
सरकारसँग निकट सम्पर्कमा रही आवश्यक कार्य गर्ने, नेपालीहरूलाई स्थानीय सरकारले जारी गरेको
सुरक्षा सम्बन्धी निर्देशन पालना गर्ने बारेमा सुसूचित गराउने तथा नेपाली समुदाय र दूतावास परिवार
समेत सङ्क्रमणका बारेमा जागरूक रही सुरक्षाका आवश्यक उपायहरू अवलम्वन गर्न निर्देशन
दिनुभयो।